रमेशजीका लेखमध्ये खासगरी नागरिक शिक्षासम्बन्धी लेखहरू अवलोकन गर्दा यस्तो निष्कर्षमा पुग्न सकिन्छ कि नागरिकलाई वास्तवमा नागरिक बनाउने किसिमको शिक्षा पद्धतितर्फ लाग्न तथा विकास गर्न हामीले अझै धेरैधेरै गर्न बाँकी नै छ । आजका हाम्रा विद्यार्थीले व्यक्तित्वको पूर्ण प्रस्फुटन हुने वातावरण तथा अवसर प्राप्त गर्न सकिरहेका छैनन् । भविष्यमा दह्रो चरित्रको, वस्तुनिष्ठ दृष्टिकोणको, आत्मविश्वासको नागरिक हुने दिशामा यथोचित तथा पर्याप्त अभिमुखीकरण हुन सकिरहेको छैन । -दमननाथ ढुंगाना
विद्यालय शिक्षामा प्रधानाध्यापकको भूमिका अग्रणी हुन्छ । उसले अरू शिक्षकहरूलाई काम अह्राउन जान्नुपर्दछ । विद्यार्थीलाई सम्झाइबुझाई अनुशास राखी पठनपाठनतर्फ दत्तचित्त पार्न सक्दछ र विद्यार्थी राम्रो हुन सके मात्र शिक्षक प्रधानाध्यापकको भूमिका राम्रो देखिने हो । राम्रा प्रधानाध्यापक र शिक्षकलाई सरकारले प्रोत्साहन दिनुपर्दछ । जुन विद्यालयमा प्रधानाध्यापक राम्रा छन्, त्यो विद्यालयको भौतिक, शैक्षिक र समग्र वातावरण नै राम्रो पार्दै गएको देखिन्छ । शिक्षालयमा काम गर्ने शिक्षक र प्रधानाध्यापकहरूले आफूलाई सामान्य मार्गदर्शकका रूपमा हेर्ने बानी गर्नुपर्दछ । कुनै उचनीचको दृष्टिले हेर्ने गर्नु हुँदैन। प्रधानाध्यापक भएपछि शिक्षक हुन पनि हिचकिचाउनु हुँदैन । – प्रा. डा. सुरेशराज शर्मा
सार्वजनिक विद्यालयले समाजका सबै वर्गका केटाकेटी एकै ठाउँमा ल्याई पढाउँदा यसले भविष्यमा एक मिलनसार समाज निर्माणमा मद्दत पुऱ्याउँछ भन्ने उहाँको विचार छ । यसमा मेरो पनि सहमति छ । यी र अरू विभिन्न कारणले गौतमजी सार्वजनिक शिक्षाको गुणस्तर बढाउन राज्यको ठूलो दायित्व हुन्छ भन्ने कुरामा गहिरो विश्वास राख्नुहुन्छ । -शिक्षाविद् प्रा. केदारभक्त माथेमा
Shiksha ra Nagarik Shiksha – Ramprasad Gautam
Shiksha ra Nagarik Shiksha – Ramprasad Gautam
शिक्षा र नागरिक शिक्षा– रमेशप्रसाद गौतम
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet