विगत ३७ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका अध्यात्म वाङ्मय पुरूष आचार्य कमल रिजाल अध्यात्मदर्शन क्षेत्रका सिद्धहस्त लेखक मानिन्छन् । उनका यसै क्षेत्रमा चार हजारभन्दा बढी लेख, निबन्ध, टिप्पणी, समीक्षा तथा समालोचना प्रकाशित भइसकेका छन् । हालसम्म सुकर्म, पृथा, दृष्टिभ्रम, सत्यवती, सुदर्शन, पूर्वीय दर्शन मीमांसा, पूर्वीय दर्शन विमर्श, दर्शनभित्रको दर्शन, धर्मदर्शन, विश्वविख्यात वैदिक वैज्ञानिक, पौराणिकपात्र र मिथकहरू, नारायण उपहारका साथै नीतिकथाहरू गरी १७ वटा पुस्तक प्रकाशित गराइसकेका रिजालका सुकर्म हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद भइसकेका छन् भने दर्शनभित्रको दर्शन नामक पुस्तक सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषयक पीएचडीको पाठ्यक्रममा समेत समावेश छन् ।
***
शकुन्तला वेद, पुराण र उपनिषद्दर्शनमा आधारित उपन्यास हो । धर्म, संस्कार, संस्कृति तथा सामाजिक विकृति, कुरीति र कुप्रथा विरूद्ध लेखिएको यस उपन्यासले सामाजिक सद्भाव र एकताको बाटो देखाएको छ । उपन्यासको लक्ष्य भनेकै मानवीय चेतना जागृत गरी मानव समाजलाई वसुधैव कुटुम्बकम्को धरातलमा उभ्याउने प्रयास गर्नु हो ।
Shakuntala (Shikha) – Acharya Kamal Rijal
शकुन्तला– आचार्य कमल रिजाल
- Year: 2082 BS
- Edition: 1
- 316 pages
- Paperback
₨625
Availability: 2 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet