Best Seller

Satyam – Laxman Biyogi

सत्यम्– लक्ष्मण वियोेगी

  • Year: 2082 BS
  • Edition: 1
  • 204 pages
  • Paperback

US$4.55

Availability: 5 in stock

सत्यम् देशको सांस्कृतिक परिभ्रमण गराउने अधुनातन कथासङ्ग्रह हो । यसमा विशेष गरेर पश्चिम नेपालको लोकजीवनका अन्तःसौन्दर्यहरूलाई प्रासङ्गिक बनाएर स्थानीय भाषा र भाषिकाका साथै लोकभाकाका स्वर-लहरीहरूलाई अक्षरहरूमा अभिलेखन गरिएका छन् । यस सङ्ग्रहमा कथा-स्रष्टा लक्ष्मण वियोगी सांस्कृतिक सहचारी बनेर स्थानीय भूगोल, लोकसंस्कार र ग्राम्य-संस्कृति पाठकसमक्ष सम्प्रेषण गर्न अग्रसर भएका छन् । उनले द्वन्द्व कथाहरूमा होस् वा प्रेम-प्रणय विषयक कथाहरूमा होस्, मान्छेले आफ्नो मृत्युको छाया नजिकै देख्दा अनुभूत गर्ने संवेग र संवेदनाहरूलाई रोचक शैलीमा आख्यानीकरण गरेका छन् । रागात्मक लय-सौन्दर्यले अत्यन्त आकर्षक बनेको यस कृतिमा कथाकारको ‘दुःखान्त चेतना’, कथानक प्रसिद्धि नै बनेको छ ।
प्रा. डा. दयाराम श्रेष्ठ
कुमारी क्लब (बल्खु), काठमाडौँ ।
लक्ष्मण वियोगीको साहित्यिक प्रतिभासँग परिचित हुँदै छु । उनको मौलिक लेखनको आकर्षणले छुदै गर्दा सत्यम् कथासङ्ग्रह लिएर आएका छन्, यसले उनलाई अमर गराउने छ । मूलतः स्याङ्जा परिवेशका यी कथा बाल-वयका जीवन्त स्मृतिचित्र हुन् । कुनै यौवन र प्रेमका बाडुल्कीले भरिएका र माओवादी त्रासदीले समाज आक्रान्त भएका बेलाका छन् । कथामा ग्राम्य परिवेशका जीवन्त पात्र उठाएर तिनको सोच, संस्कृति, सङ्घर्ष, चेतना र बोलीसँगै दुरुस्त परिवेशमा प्रस्तुत गरेका छन् । स्याङ्जाका अलावा काठमाडौँ, बर्दिया र अछामको चित्र बोकेका कथा पनि छन्, एउटा पर्यावरणीय चेतले भरिपूर्ण छ । हरेक कथा जीवन्त, हृदय छुने र कलापूर्ण छन् । उनले खिचेका ग्राम्य परिवेशका चित्र र ती निर्दोष पात्रको बोली, तीसँग जडित कथाहरूले छोएको मन अझै अशान्त छ । कसरी यस्तो कलाशिल्प आर्जन गरे वियोगीले म छक्क पर्छु । नयाँ पुस्ताका उनी, समकालीन नेपाली कथाका एक प्रतिनिधि स्वर हुन् ।
कथासङ्ग्रह

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon