संस्कृति सम्पूर्ण प्राणीजगत्लाई बुझ्ने तथा बुझाउने मुख्य आधार हो । हामीले देखेसुनेको र जानेबुझेको संसारमा संस्कृतिविहीन कोही पनि हुन सक्दैन । सबैको एउटा न एउटा संस्कृति अवश्य पनि हुन्छ । संस्कृति केवल मानिसको मात्र हैन, पशुपक्षी र चराचर जगत्को पनि हुन्छ । पशुपक्षी र चराचुरुङ्गीको भाषा हामी बुझ्न सक्दैनौँ । सम्भवतः त्यसैले उनीहरूको संस्कृतिका विषयमा गहन अध्ययन-अनुसन्धान हुन नसकेको हो ।
नवराज रिजाल
संस्कार शब्दले कोशीय अर्थमा वर्णित रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव, धारणा भन्ने कुराको निकट रहेर सबैको कल्याणका लागि जेजस्तो कर्म गर्दछ त्यो नै संस्कार हो । यसरी समाजमा संस्कार भएकाहरू नै कुलीन र असल मान्छे हुन् भन्ने मान्यताको निर्माण भएको देखिन्छ । संस्कारयुक्त व्यक्ति र परिवारलाई गुणवान् मान्ने परम्परा बनेको छ ।…
Sanskritima K Cha – Badriprasad Dhakal




Reviews
There are no reviews yet