मेरा मित्र विद्वान अर्थशास्त्री डा. गोविन्द कोइरालाको यो आत्मकथात्मक उपन्यास ‘सानो मास्टर’ को नायक मूलतः डा. कोइराला स्वयं हुन् तापनि उनले सुनाएको सानो मास्टरको कथा उनको मात्र कथा भने होइन । यो त २००७ सालको क्रान्तिले ल्याएको नवजागरणपछि नेपाली समाजमा उभारमा आएको युवाहरूको नयाँ पुस्ताको समष्टिगत व्यथा-कथा हो । यसमा नयाँ युगको नयाँ चेतनालाई आत्मसात गर्न खोज्ने उत्साही, कर्मठ र प्रगतिकामी नेपाली युवाहरूको उद्दाम जीजीविषा, अध्यावसाय र उर्ध्वगामी सोचको मिहिन अभिलेखन भएको छ । समग्रमा यो ७ सालको परिवर्तनपछि विकसित उन्नयनमुखी नेपाली मानसिकताको कलात्मक दस्तावेज पनि हो ।
उपन्यासको नायक सानो मास्टरले एउटा त्यस्तो युगको प्रतिनिधित्व गर्दछ जतिबेला नेपाली समाजमा भरखरै परिवर्तनका झिल्काझिल्की देखिन थालेका थिए । युवाहरूले देख्ने सपनाको फलक फराकिलो हुँदै जान लागेको थियो । मानिसहरू व्यैयक्तिक र सामूहिक स्तरमा समेत आपसमा घुलमिल गर्न थालेका थिए । परिवर्तनको संबाहकको प्रभावकारी उपकरणका रूपमा शिक्षाले अहम् भूमिका निर्वाह गर्न खोजिरहेको थियो । नेपाली समाजले बिस्तारै बिस्तारै नै भएपनि शिक्षाको महत्व बुझ्दै जान थालेको थियो । सानो मास्टरमा डा कोइरालाले समयको त्यही स्वरूप, गति र त्यसले छोडेको पदचापलाई जीवन्त रूपमा प्रस्तुत गर्न खोजेका छन् ।
डा. कोइरालाको लेखनमा सहजता, विश्वसनीयता र इमान्दारी पाइन्छ । आफ्नै भोगाइमा आधारित भएकाले हुनु पर्दछ सानो मास्टरमा निर्माण गरिएको परिवेश प्रामाणिक लाग्दछ । पात्रा-पात्रा र विम्ब-विधान पाठकको मर्मलाई छुन सक्षम देखिन्छन् । नेपाली साहित्यमा आत्मकथात्मक र जीवनीपरक उपन्यासको संख्या निकै थोरै भएको तथ्यको आलोकमा गोविन्द कोइरालाको यो कृतिको पाठकहरूबाट स्वागत हुने कुरामा म विश्वस्त छु ।
Sano Master – Govinda Koirala
Sano Master – Govinda Koirala
सानो मास्टर– गोविन्द कोइराला
₨300
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet