यस देशमा दलितको रगतपसिनाले नभिजेको जमिन, दलितमाथि अत्याचार नभएको कुनै व्यवस्था र दलितको बलिदान नभएको कुनै आन्दोलन भेट्टाउन कठिन छ । त्यसरी नै कठिन छ, दलितका भव्य र उच्चतम योगदान र त्यागले भरिएका इतिहास र साहित्यको एक झलक पाउन । दुःखका पर्वत, आँसुका सागर र विद्रोहका अनगिन्ती शृङ्खला दलितले भोगेका छन्, पार गरेका छन् । तर, ती सक्कली र जिउँदा कथा धेरैका लागि साहित्य सिर्जनाका विषय बनेनन् । खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ यस्ता कथाहरूको सङ्ग्रह हो, जसले दलित जीवनमाथि सामन्त र जमिनदारले गरेको शोषण, दमन र अत्याचारको पराकाष्ठालाई उतारेको छ । जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरूद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेटेका छन् । यस किताबमा सङ्ग्रहीत २०२७ देखि २०५५ सालका बीचमा लेखिएका कथाहरूले अत्यन्त मार्मिक भाकामा दलित जीवनको वास्तविकता बोल्छन् । पञ्चायतकालीन समयमा लेखिएका अधिकांश कथाले तत्कालीन समाजको यथार्थ प्रतिविम्बन गर्छन्, जुन अहिलेको वास्तविकताभन्दा केही फरक हुन सक्छ । यस सँगालोले मूलतः पहाडी दलितका जीवन, सङ्घर्ष र विद्रोहलाई समेटेको छ ।
Sangrambahadur Sarki – Khagendra Sangraula
Sangrambahadur Sarki – Khagendra Sangraula
संग्रामबहादुर सार्की – खगेन्द्र संग्रौला
- Sangrambahadur Sarki
- Khagendra Sangraula
- Bela Publications
- Nepali
- 160 pages
₨419
Availability: 5 in stock
SKU: Sangrambahadur Sarki (RBD)
Categories: Books, Nepali Books / Stories
Tags: Khagendra Sangraula, Stories-Nepali
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet