पहिलो संविधानसभामा दलित सभासद् र दलित मुद्दाप्रति संवेदनशील गैरदलित सभासद्हरूको प्रयत्नस्वरुप केही महत्त्वपूर्ण अग्रगामी उपलब्धि हासिल भएका छन् । ती उपलब्धिलाई दोस्रो संविधासभाले अपनत्व ग्रहण गरिसकेको स्थितिमा तिनको सुरक्षासँगै नपुग अधिकार थप गर्ने दायित्व नयाँ सभासद्हरूको काँधमा आएको छ । यही दायित्वलाई पूरा गर्ने अभियानमा क्रियाशील दोस्रो संविधानसभाका ४० जना दलित सभासद्को प्रयासलाई भरथेग गर्नु सबै दलित समुदायको कर्त्तव्य हो ।
यही क्रममा उनीहरूले संविधानसभामा प्रतिनिधित्व गर्नुअघि गरेका सङ्घर्ष तथा त्यसको गहन अनुभूति र विचारको महत्त्व उल्लेखनीय छ नै, तिनको अभिव्यक्ति पनि आफ्नो ठाउँमा सार्थक देखिन्छ । संविधानसभामा बहसमा रहेका मुद्दामा उनीहरूका विविध मतलाई एक ठाउँमा ल्याउने र तिनलाई संश्लेषण गर्न सघाउने उद्देश्यले यो पुस्तकको रचना गरिएको हो ।
Sangharshama Sabhasad (Sambidhanma Dalit Adhikar) – Kadam Sundar; Rajendra Maharjan; Yambahadur Kisan; Arjun Bishwokarma; Biru Nepali
सङघर्षमा सभासद् (संविधानमा दलित अधिकार)– पदम सुन्दास, राजेन्द्र महर्जन, यामबहादुर किसान, अर्जुन विश्वकर्मा, बिरु नेपाली)
- Year: 2071 BS
- Edition: 1
- 238 pages
- Paperback
₨300
Out of stock
Restock Email Notification
| Weight | 0.3 kg |
|---|---|
| Authors | Kadam Sundar; Rajendra Maharjan; Yambahadur Kisan; Arjun Bishwokarma; Biru Nepali |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet