Sahityama Mrityu Chintan – Badriprasad Dhakal

साहित्यमा मृत्यु–चिन्तन– बद्राीप्रसाद ढकाल

500

Availability: 5 in stock

SKU: Sahityama Mrityu Chintan Categories: , Tag:

यस पुस्तकमा मृत्यु के हो ? र मृत्युका समयमा शरीरमा के हुन्छ ? भन्ने दार्शनिक प्रश्न रहेका छन् । ती कुरा सबै मनुष्यका लागि जिज्ञासाको विषय पनि हो । अनि लेखकले तिनका अर्थ र मृत्युपछिका दार्शनिक मान्यता खोतलेका छन्। दार्शनिक आधार मूलतः पौरस्त्य भए पनि पाश्चात्य चिन्तनलाई पनि बिर्सेका छैनन् । त्यसले चिन्तनलाई फराकिलो तुल्याएको छ ।
ढकालले नेपाली साहित्यका विभिन्न विधा अर्थात् कविता, गीत, उपन्यास र निबन्धमा मृत्यु- चिन्तन खोजेका छन् । नेपाली साहित्यमा भानुभक्तदेखि नै मृत्युसम्बन्धी दृष्टिकोण पाइन्छ । लेखनाथ पौड्यालको काल-महिमा बहुचर्चित छ । बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका रचनामा मृत्यु – चिन्तन गहन ढङ्गमा प्रस्तुत गरिएको पाइन्छ। एउटै अध्ययनमा सबै समेट्न सकिँदैन, अध्ययनको आफ्नो सीमाङ्कन हुन्छ । ढकालले यसमा जेजति पाठको छनोट गरेका छन्, ती उपयुक्त नै छन् । तिनमा प्रस्तुत भएका मृत्युबोध र चिन्तनलाई ढकालले गहन ढङ्गमा विवेचना गरेको देखिन्छ ।
डा. दुर्गाबहादुर घर्ती
संसारमा जन्म-मृत्युबाट आक्रान्त छ, यौवन वृद्धावस्थाबाट पीडित छ, सन्तोष धनको इच्छाले हर्दछ, सुन्दरी स्त्रीको विलासबाट शान्ति भङ्ग छ, गुण दुष्टबाट हराउँछ, वन सर्पद्वारा भयग्रस्त छ, शासक भ्रष्टाचारीबाट चिन्तित छ, ऐश्वर्य अस्थीरपनबाट ग्रस्त छ, आत्मा वा ईश्वरचिन्तन मात्र स्वतन्त्र छ, कसैबाट अधिनस्थ छैन ।
जन्म-मरण एकअर्कामा परिपूरक छन् । जन्मसँगै मानिसले मृत्यु साथमा लिएर आएको हुन्छ। अझ जन्मभन्दा अघि मानिसको बीजकै रूपमा रहँदा र जन्मेको छ दिनमा नियति वा भाग्य लेखिन्छ भनिन्छ ।
Sahityama Mrityu Chintan – Badriprasad Dhakal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon