Sharma’s style is simple and he attacks the evils of contemporary politics. Sharma is a connection between the writing of the Kathmandu Valley, the centre of literary activities and the outlying districts.
Dr. Govinda Raj Bhattarai
समसामयिक जीवनका विसङ्गतिहरूलाई उकास्ने र तिनमाथि कटाक्ष एवं उपहास गर्ने उहाँको आफ्नै ढङ्ग छ। उहाँ सानासाना र निरन्तर जम्काभेट भइरहने कुराहरूका माध्यमबाट कटाक्ष गर्नुहुन्छ र समाज आफ्नै मानक, आदर्श एवं सत्यबाट डुगेको तथ्य छर्लङ्ग पार्नुहुन्छ । उहाँमा रमाइलो पाराले कुरा गर्ने कौशल त छँदै छ, साथै अभिव्यक्तिको सहजता पनि छ ।
प्रा. मोहनराज शर्मा
चोलेश्वर शर्माको व्यङ्ग्यचेतना प्रखर र सशक्त छ । हलुका परिहासमय ढङ्गबाट तथ्यलाई सम्प्रेषित गर्ने सरल तथा प्रवाहमय भाषिक शिल्प पनि उनले आत्मसात् गरिसकेका छन् । भाषिक शिष्टता र विधागत मर्यादाकै परिधिभित्र रहेर सामाजिक दुर्विधान र दुर्नीतिप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति पनि उनका निबन्धहरूमा पर्याप्त भेटिन्छ । सामाजिक सत्यको उद्घाटनद्वारा पाठकमा यथार्थ स्थितिबोध गराई विकृति-विरूपताहरूमाथि उपहास गर्नु र कडा प्रतिवाद जनाउनु चोलेश्वर शर्माका व्यङ्ग्यनिबन्धहरूको मूलभूत प्रवृत्ति रहेको छ ।
राजेन्द्र सुवेदी र हीरामणि शर्मा
चोलेश्वर शर्माका निबन्धका विषयवस्तु हाम्रा सामाजिक, सांस्कृतिक र राजनीतिक विसङ्गतिका विविध पाटाहरू हुन् । उनी समाजमा देखिएका विविध विडम्बना र विकृतिबाट प्राप्त विषयवस्तुलाई शिष्ट भाषामा निबन्धीकरण गर्दै त्यसको धतुरो झार्न अग्रसर देखिन्छन् । मानवीय जीवनका दुर्बलता, पश्चिमी सभ्यता र संस्कृतिको अन्धानुकरणबाट उत्पन्न समस्या, अतिभौतिकताका कारण देखिएका दुष्परिणामहरू, बढ्दो सामाजिक पाखण्डपन, राजनीतिक एवं प्रशासनिक अराजकतालगायतका विषयमा उनी सचेत देखिन्छन् ।
प्रमोद प्रधान
Sagarmatha Ek Pahadko Naam Hoina – Choleshwor Sharma
Reviews
There are no reviews yet