आवरण’ र ‘अनुराग’ उपन्यासका पाठकलाई थाहा छ- लैङ्गिक विषय, यौनिक सन्दर्भ, प्रेमका आरोह-अवरोह र मानवीय व्यवहारलाई नढाँटीकन प्रस्तुत गर्नु जया ओझाको प्याटेन्ट शैली हो। यो शैली उनले ‘रूमानी’ मा पनि कायम राखेकी छिन् । विभेदपूर्ण समाजको संरचना भत्काउनका लागि गरिएको भगीरथ सङ्घर्षको कथा यस उपन्यासमा पाइन्छ । उपन्यासकी प्रमुख नारी पात्र हेभेनको अनुहारमा कल्पनाको खोल देखिँदैन । बरु, यथार्थको प्रतिबिम्ब भेटिन्छ । हेभेनजस्ता नारी पात्रहरू यही समाजमा छन् र उनीहरू कसैको दयामायाको भिख नमागी जित्नका लागि साहसको मैदानमा उत्रिरहन्छन् । उपन्यासमा आएका रसिक, आशुतोष, पुष्प, हृदयशमशेर, सुशीला, इन्दु, देवीलगायत अन्य पात्रहरू हाम्रै समाजका विभिन्न स्वभावका प्रतिनिधि हुन् । प्रेम, विद्रोह, सङ्घर्ष र सम्बन्धहरूको संसारमा सङ्गतिको खोजी गर्नु यस उपन्यासको केन्द्रीय ध्येय हो ।
Rumani – Jaya Ojha
Reviews
There are no reviews yet