Rabindranath Tagoreka Prasidha Katha Aparichita – Gokarna Bhatta

रवीन्द्रनाथ टैगोरका प्रसिद्ध कथाहरू अपरिचिता

395

Availability: 5 in stock

SKU: Rabindranath Tagoreka Prasidha Katha Aparichita Categories: , Tag:

रवीन्द्रनाथ टैगोर ई. सन् १८६१ को मार्च ७ का दिन भारतको कलकत्ता शहरमा जन्मेका थिए । सन् १९३१ मा आफ्नो काव्यकृति गीताञ्जलीमा एशियाको पहिलो नोबेल पुरस्कार विजेताका रूपमा प्रख्यात टैगोरले १२-१३ वर्षको उमेरदेखि साहित्य सिर्जना गर्न थालेका थिए । टैगोर मानवतावादी, शिक्षा प्रेमी तथा कला र साहित्यका पारखी थिए ।
टैगोरका मुख्य कृतिहरूमा काबुलीवाला, नस्तीनड, क्षुधितपाषाण, करूणा, नौका हुबी, राजर्षी, चोखेरवाली, योगायोग, गोरा, ठाकुरानी, घरेवाइर, हाट र शेषेत मुख्य रहेका छन् । त्यस्तै उनले विसर्जन, मुक्तधारा, चित्राङ्गण, नरकवास लगायतका कैयन् नाटक समेत लेखेका थिए । शेक्सपियरका कृतिहरूको समेत उनले बङ्गालीमा अनुवाद गरेका थिए । ८० वर्षको उमेरमा सन् १९४१ मा उनको मृत्यु भयो ।
टैगोरको साहित्यले अत्यन्तै सुक्ष्म मानवीय पक्षहरूलाई उद्घाटित गरेको हुन्छ । यो कथा सङ्ग्रहमा सङ्कलित उनका कथाहरूले यस्तै मानवीय भाव, संवेग र समाजको चित्रण गरेका छन् । कौतुहलतालाई निरन्तरता दिँदै पाठकको मन छुने यी कथाहरूले कतिपय सामाजिक विसङ्गती माथि समेत प्रहार गरेका छन् ।
Rabindranath Tagoreka Prasidha Katha Aparichita – Gokarna Bhatta

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon