मानवतावादको वकालत गरेर नथाक्ने हाम्रो समाज यति निरीह छ कि उपदेश केबल अरुका लागि मात्रै उपयोग गर्न खोज्छ । नारीको प्रशंसामा खर्चिएका लाखौँलाख कृति र रचनाहरूमा ओइरिएका विचार सबै भुत्ते खुकुरी जस्ता छन् । धर्म, संस्कार, रीतिरिवाज र कुलपरम्परामा धनी छौँ भनेर फुर्किनेहरूले `वास्तविकतामा कहिल्यै मानवतावादी हुन सकेनन्, असल विचार बोक्न सकेनन् र सक्दै सकेनन् धर्मको मर्म बुझ्न । गाउँका सामन्तले त दुःख दिए दिए शहरिया बुज़ुकहरू समेत आफ्ना विचारलाई स्वार्थमा मात्रै उपयोग गर्दछन् । प्रेम मुखले होइन हृदयले गरिन्छ तर बजारिया प्रेम पैसामा बिक्छ । घरपरिवार, इष्टमित्र, सँगीसाथी त हुनेखानेका लागि मात्र हो गरिब र निमुखाका लागि त दुःखले मात्रै साथ दिन्छ । अनि आफ्ना भन्नेहरू पनि कसरी उसलाई निचोर्न सकिन्छ भन्नेमै रातदिन लागिरहन्छन् । यहाँ अरुको हितका कुरा गर्न खोजियो भने कमजोर ठहरिनु पर्छ । भोकाएकालाई एक गाँस खुवाएर होइन उसलाई रुवाएर आनन्दित हुन्छ यो पापी दुनियाँ। संसार उसैको हो जसले कहिल्यै हार्न जान्दैन, हरेश खाँदैन र सधैँ आफ्नो लक्षमा दत्तचित्त भएर लाग्छ उसैलाई दैवको साथ हुन्छ । तर, परीक्षा त उसैको हुन्छ जसले परीक्षा दिन खोज्छ, परीक्षा छोडेर भाग्नेले न जित्छ, न हार्छ ऊ त यो संसारमा बेकारमा आएको हो । यी र यस्तै विचारले भरिएको खँदिलो कृति हो पार्वतीको ‘पुर्पुरो’
Purpuro – Parbati Tiwari Acharya
पुर्पुरो– पार्वती तिवारी आचार्य
- Year: 2082 BS
- Edition: 1
- 152 pages
- Paperback
₨500
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet