उपयोग र उपभोग गर्न जाने यौनसुखबाट जीवनमा तृप्ति नै तृप्ति मिल्ने र नजाने जीवन दुर्घटित हुने कुरालाई हृदयङ्गम गरेर वात्स्यायनले मान्छेको यौनजीवनलाई आनन्दमय र प्रीतिकर बनाउन कामसूत्रको प्रवर्तन गरेका थिए । त्यही कामसूत्रका विषयवस्तुलाई यस कृतिमा अत्यन्त सरल भाषा र निबन्धात्मक रोचक शैलीमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
यो कामकला सिकाउने पुस्तकमात्र होइन, कामकलाबाट कसरी आनन्दानुभूति प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई सरल तरिकाले बुझाइएको यौनशिक्षाको गतिलो र भरपर्दो पुस्तकसमेत हो । यसबाट एकातिर पूर्विय यौनजीवनका बारेमा यथेष्ट ज्ञान प्राप्त हुन्छ भने अर्कातिर आफ्नो यौनजीवनलाई मीठो र आनन्दायी बनाउने सूत्रहरू पनि प्राप्त गर्न सकिन्छ ।
यौन स्वयंमा लुकाइने र अश्लील विषय नभई मानवजीवनमा प्राप्त गर्नुपर्ने नैसर्गिक शिक्षा पनि हो । त्यही शिक्षाको अभावमा वर्तमानमा बढ्दै गइरहेका यौनविकृतिहरूलाई न्यूनीकरण गरी मर्यादित, आनन्दपूर्ण र सौन्दर्यमय यौनजीवन यापन गर्ने केही आधारहरूको चर्चा यस पुस्तकमा गरिएको छ ।
Purbiya Yaunshiksha – Matiprasad Dakhal
पूर्वीय यौनशिक्षा– मतिप्रसाद ढकाल
- Year: 2081 BS
- Edition: 1
- 156 pages
- Paperback
₨350
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet