Pratibahan – Manisha Gauchan

प्रतिबाहन – मनिषा गौचन

449

Availability: 5 in stock

SKU: Pratibahan (RBD) Categories: , Tags: ,

नेपाली आख्यान साहित्यमा मनिषा गौचनका केही मौलिक पदचिह्नहरु छन् । पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ होस् वा दृष्टिविहीनको प्रेम र जीवन झल्काउने उपन्यास ‘ह्वाइट केन’ नै किन नहोस् । समाजका फरक पात्र र कथाहरूलाई आख्यानको कलेवर समेट्ने उनको अभिलाषा आजपर्यन्त छँदै छ ।
नवीनतम कथासङ्ग्रह ‘प्रतिवहन’ मा अहिलेसम्म कसैले नलेखेका वा लेख्न नसकेका विस्मयकारी कथाहरू छन् । तिनमा समाजका मार्मिक घटना, दृश्य र कथन समेटिएका छन् । मनिषाको विशेष अभिरूचि जीवनका संघर्ष, सम्बन्धका जटिलता, युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरूको संवेदना र अनुभूतिलाई कथाशिल्प दिनुमा छ । उनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनि पनि सुनिएकै छन् ।
सङ्ग्रहका २१ वटै कथा नौला, बोधगम्य, सम्प्रेषणीय अनि कुतूहलमय छन् । सरलता, मुग्धकारिता, अप्रासाङ्गिक चरित्र र कथानकको अभाव र चित्रणको चामत्कारिकता यिनको विशेषता हो । यी कथाहरू आख्यानको अपरिमेय सौन्दर्य आस्वादन गराउन सक्षम छन् । शशिरमाको सल, पाठेघर, क्याफे स्टुडियो, ठूलो बुबा, क्याप्सुल आदि कथा पढ्दा मथिङ्गल नै झनझनाउँछ । मलाई आशा छ, मनिषा गौचनको कथामार्गले पाठकको पक्कै स्वागत पाउनेछ ।
Pratibahan – Manisha Gauchan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    After Dark
    After Dark - Haruki Murakami
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon