Rare/Excl.

Phulaiphulka Aalapharu – Mahesha Prasai

फूलैफूलका आलापहरू– महेश प्रसाई

165

Out of stock

Restock Email Notification

SKU: Phulaiphulka Aalapharu Categories: ,

के अनुभूति, विचार र दर्शनलाई गल्यको अस्तित्व प्रदान गरेर कायाकल्पित गर्न सकिन्छ ? सम्भवतः “सकिँदैन” नै सम्भावित उत्तर हुनेछ धेरैको । तर महेश प्रसाईजस्ता भावप्रवण कवि असम्भवमा सम्भवलाई पहिल्याउँछन् । महेश प्रसाईले आफभित्रको संवेदना विदग्ध कविलाई आख्यानको भकुहिरोले ढाकेको प्रान्तरमा विचरण गराउँदा जे हासिल गरेका छन् ती शुद्ध गल्प मात्र किमार्थ बन्न सकेका छैनन् । तिनमा गल्पसँगसँगै कविताको स्वाद पनि दर्शनको स्वाद पनि र मानवीय अस्तित्व चेतनाको स्वाद पनि मिसिएर – नौलो विधा स्वाद आविष्कृत छ । यस्ता वैदुष्यतापूर्ण गल्पका अभियन्ता महेश प्रसाईलाई अजस अभिनन्दन !
• अविनाश श्रेष्ठ
महेश प्रसाईसँग मेरो मित्रता करिव तीस वर्ष पुरानो भइसकेको छ उनको लेखन त्योभन्दा पुरानो हो । विराटनगरमा शनिवार साहित्यिक समूहको गठनपश्चात् उनमा आएको सक्रियताले गर्दा महेशसँग मेरो साहित्यिक पत्रमित्रता हुन गयो । पत्रमित्रता हुनुअगि नै उनी कवि तथा लेखक भइसकेका थिए । कविताका साथै लघुकथा लेखनमा उनी निकै चर्चित थिए । उक्त समयदेखि हालसम्म आफूलाई नियमित लेखनमा सक्रिय राख्ने महेश प्रसाई मेरा एक मन पर्ने साहित्यकार तथा मित्र हुन् ।
त्यसो त अचेलका नवीन कथाकारका लघुकथाहरूमा देखिने एकनासेपनभन्दा महेश प्रसाईका लघुकथाहरूमा विविधता देखिएको छ। विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लघुकथाहरूमा विभिन्न समयका छुट्टाछुट्टै पदचापहरू देख्न सकिन्छन् । लघुकथा पढिसकेपछि पाउनुपर्ने तीव्र प्रभाव यसभित्रका लघुकथाहरूमा नभेटिए पनि “लघुकथा भनेको यस्तो हुनुपर्छ है भन्ने खालको उदाहरणीय प्रभावचाहिँ छोडेका छन् ‘फूलैफूलका आलापहरू भित्रका कथाहरूले । महेश । तिमीलाई बधाई छ ।

Phulaiphulka Aalapharu – Mahesha Prasai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon