बलराम पौड्यालकृत ‘पर्दापछाडिको भूटान’ इतिहास र संस्मरणको जीवन्त दोभान हो । भूटानमा विगत लामो समयदेखि लुकाइएका रहस्यहरूलाई यस पुस्तकले सतहमा ल्याएको छ । यस कृतिले भूटान राष्ट्रको राजनीतिक र सामाजिक इतिहास; त्यहाँ नेपालीभाषीको आगमन र बसोबासका साथै मुलुकको विकास, सुरक्षा र प्रशासनमा उनीहरूले खेलेको भूमिकालाई विश्वसनीय र तथ्यात्मक आधारमा दस्तावेजीकरण गरेको छ । भूटानबारे सुनिएका किंवदन्ती र प्रताडितहरूद्वारा भोगिएका यथार्थबिचको खाडललाई पनि यस कृतिले सतहमा ल्याएको छ ।
बिसौँ शताब्दीको मध्यबाट नेपालीभाषी भूटानी नागरिकमाथिको राज्यप्रायोजित अत्याचार र सन् १९९० को दशकमा त्यसले लिएको उग्र अमानवीय रूपको तथ्यगत विवरण पनि कृतिमा समेटिएको छ । त्यसपछि भएको नेपालीभाषी नागरिकको विवश पलायन; उनीहरूले यात्राक्रममा झेल्नुपरेको असीम पीडा र नेपालमा बाँच्नुपरेको दारुण शरणार्थी जीवनका साथै समस्या समाधानका लागि भएका क्षेत्रीय र बहुपक्षीय प्रयासहरू; शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास र अझै पनि सुल्झन बाँकी रहेका यावत् समस्याहरू पनि यस पुस्तकका पानाहरूमा समेटिएका छन् ।
लेखक स्वयम् पनि निर्वासनका प्रत्यक्ष भोक्ता; हाल भूटान पिपल्स पार्टीका अध्यक्ष; भूटानी राजनीति तथा शरणार्थी समस्या समाधानका लागि भएका प्रयासका एक अग्रणी नेतृत्वकर्ता र निर्वासनमा रहेर पनि आजपर्यन्त यी समस्याहरूको दिगो समाधानका लागि प्रयासरत रहनुभएको व्यक्तित्व हुँदा यस पुस्तकले समेटेका विषयहरू प्रामाणिक, आधिकारिक र विश्वसनीय छन् ।
Pardapachhadiko Bhutan – Balaram Poudyal
पर्दापछाडिको भूटान
- Year: 2024 AD
- Edition: 1
- 393 pages
- Hardback
₨999
Availability: 5 in stock
| Weight | 0.5 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet