Panchatantraka Kathaharu – Kapilmani Gyawali

पञ्चतन्त्रक कथाहारु – कपिलमणि ज्ञवाली

145

Availability: 5 in stock

SKU: Panchatantraka Kathaharu (RBD) Categories: , Tags: ,

Panchatantraka Kathaharu – Kapilmani Gyawali

पण्डित विष्णु शर्मा केवल विद्वान् मात्र थिएनन्, उनी एक दक्ष शिक्षक पनि थिए। उनलाई कस्ता शिष्यलाई कस्तो र कसरी शिक्षा दिनुपर्छ भन्ने कुराको राम्रो ज्ञान थियो। त्यसैले उनले मूर्ख राजपुत्रहरुलाई छ महिनामै सम्पूर्ण शास्त्रमा पारङ्गत बनाउने उद्देश्यले सम्पूर्ण शास्त्रहरुको ज्ञान दिने उद्देश्यले एउटा कथाकृतिको रचना गरे। मित्रभेद, मित्रसंप्राप्ति, काकोलूकीयम्, लब्धप्रणाशम्, अपरीक्षितकारकम् गरी पाँच तन्त्र (भाग) मा बाँडिएको पञ्चतन्त्र नामक कृतिका माध्यमबाट उनले राजकुमारहरुलाई छ महिनामै सबै शास्त्रमा पारङ्गत
बनाएका थिए। पण्डित विष्णु शर्माद्वारा संस्कृत भाषामा रचना गरिएको यस कथा-कृतिमा रहेका विभिन्न कथाहरुमध्ये केही कथाहरुको भावानुवाद गरी जम्मा छत्तीस कथाहरु यस पुस्तकमा सङ्ग्रह गरिएका छन्। विशेषतः पशुपक्षीलाई प्रमुख पात्रका रुपमा चित्रण गरी लेखिएका यी कथाहरू बालबालिका एवं कथाप्रेमी सबै वर्ग र रूचिका पाठकका लागि सुरुचिपूर्ण पाठ्यसामग्री बन्न सक्दछन् । एउटै कृतिभित्र विविध विषयको ज्ञान र सन्देश पाइने र पढ्दा आनन्दानुभूति हुने यस पुस्तकमा ज्ञानको अथाह भण्डार छ, यसले हामीलाई दुःखकष्टबाट छुटकारा दिलाउने उपायका साथै जीवनलाई सार्थक, सफल र सुखमय बनाउनमा प्रेरित पनि गर्दछ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon