Paataal – Kadam Bishwokarma

पाताल– पदम विश्वकर्मा

500

Availability: 5 in stock

आफ्नो आख्यान-सिर्जना ‘क्वारेन्टाइन’ सहित उपन्यासको क्षेत्रमा प्रवेश गरेका सर्जक पदम विश्वकर्माको ‘पाताल’ दोस्रो उपन्यास हो । आख्यानमा निकै खारिएको कलमका धनी विश्वकर्मा आफ्ना कथा-उपन्यासमा प्रवासका कथा-व्यथा सुनाउँछन्, र छुटिसकेको घरदेशको प्रेम फुलाउँछन् । ‘पाताल’ माओवादीले नेपालभित्र सुरु गरेको शसस्त्र द्वन्द्व, र त्यसपछि माओवादी र सरकार दुवै पक्षबाट प्रताडित हुन पुगेका नेपाली युवाहरूको जोखिमपूर्ण भविष्ययात्राको फेहरिस्त हो । द्वन्द्वकै बीच आफ्नो भविष्यको सुन्दर नक्सा कोर्न उत्साहित रुकुमेली युवा कर्मको कथा ‘पाताल’, ती अनेकन नेपाली युवाहरूको प्रतिनिधि कथा पनि हो, जो दलालका शङ्कास्पद हात समाएर तथा रिनपान गरेर जोहो गरेको ठूलो रमक बुझाएर बिना भिसा, अवैध बाटो अमेरिका पुग्छन् र कष्टकर जीवन बिताउन बाध्य हुन्छन् । कर्म र कर्महरू नेपालबाट दिल्ली हुँदै, युरोप र दक्षिण अमेरिकाका कतिपय जोखिमपूर्ण मुलुक, र अन्ततः मेक्सिको हुँदै ज्यान जोखिममा राखेर अमेरिकाभित्र दाखिल हुन्छन् र अवैध आप्रवासीको रूपमा नारकीय जीवन बाँच्न बाध्य हुन्छन् । तरै पनि उनीहरू किन रोकिदैनन् देशमा? किन अवैध बाटो हुँदै गरिबहरूको जिन्दगी मृत्युको मुखतिर जानीजानी लहसिन्छ ? के छ पातालमा, जसले छँदाखाँदाको जिन्दगीलाई जिस्क्याउँछ, र आफ्नो विषकुण्डतिर तान्छ? मृत्यकै दाह्रा हुँदै किन पुग्नुपर्ने मान्छेलाई अमेरिका ? यी तमाम प्रश्नहरूको सपाट उत्तर त कतै छैन सायद, तर यस तितो यथार्थप्रति पाठकलाई संवेदनशील बनाउने क्षमता भने यस उपन्यासले अवश्य बोकेको छ ।
Paataal – Kadam Bishwokarma

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Sangrambahadur Sarki
    Remove
    Partners in Crime
    Remove
    Rules of Love
    8 Rules of Love - Jay Shetty
    Qty: 1
    Price: 800
    Remove
    Satta ra Satya
    Remove
    Kirat Itihaas
    Remove
    Purnima
    Purnima - Rajeshwar Devkota
    Qty: 1
    Price: 190
    Remove
    Shop Ratna Online
    Right Menu Icon