Nun Tel – Jeevan Kshetri

नून तेल – जीवन क्षेत्री

595

Availability: 5 in stock

SKU: Nun Tel (RBD) Categories: , Tag:

पछिल्ला वर्षमा संसारमा भाषाको खुब विकास भएको छ । मानिसको बोली निस्कनासाथ त्यसलाई तुरून्त जुनसुकै भाषामा अनुवाद गर्ने क्षमतासहितका मेसिन बन्दै छन् । अहो, भाषाको कस्तो विलक्षण र घर्षणहीन प्रयोगको युग यो !
तर, जब एउटा कोपिला चुँडेर फालिँदा बिरूवाबाट निस्कने आर्तनाद हामी सुन्दैनौं, जब प्रदूषित नदीमा हजारौं टन माछा मरेर डुङ्डुङ्ती गनाउँदा हामीले आफ्नो अस्तित्वमाथिको खतरा देख्दैनौं, जब प्रकृतिले हामीसित संवाद गर्ने भाषा हामीले बुझ्दैनौं र परिणामतः हाम्रो आफ्नै अस्तित्वमाथि खतराको बादल मडारिन्छ, तब त्यस्तो ‘विकसित’ भाषाको के काम ?
जब सत्ता र शक्तिमा हुनेहरूले तत्कालीन नाफाको आत्मघाती भाषा मात्र बुझ्छन्, विभेद र हिंसाको भाषा मात्र बोल्छन् अनि सिङ्गो संसार तिनैको इसारामा चल्छ, भाषाको त्यस्तो समृद्धिको के काम ? जब सास फेर्न शुद्ध हावा छैन, पिउन सफा पानी छैन र खाना उब्जाउन विषरहित माटो नै छैन भने हाम्रो बाँकी प्रगतिको के अर्थ ?
सम्भवतः इतिहासमै मानिस जाति भाषाको यति गरिब कहिल्यै भएको थिएन । कल्पना गरौं त हाम्रा बाजेबज्यै कसरी प्रकृतिसित संवाद गर्थे ! कसरी उसको विराटंताप्रति नतमस्तक थिए । अनि, कसरी उसले कोरिदिएको लक्ष्मणरेखालाई जीवनको दैवी सीमारेखा मान्थे ।
उनीहरू बरू रोग र भोकमरीका कारण आफैँ छोटो उमेर बाँचे तर पृथ्वीमा हाम्रो अस्तित्वलाई सम्भव बनाए । आजको हाम्रो पुस्तालाई हेर्नोस् त कसरी हामी अन्यमनस्क भावमा भविष्यलाई जलाएर वर्तमानमा आगो तापिरहेका छौं । अनि, सन्ततिहरूको उमेर कटाएर आज मोजमस्ती गरिरहेका छौं ।
यो विषयमा हामी सबै मौन छौं किनकि यसमा संवाद गर्ने भाषा नै हामीसित छैन।
त्यही भाषाको खोजीमा मैले गरेको सातवर्षे साधनाको परिणाम हो- यो पुस्तक । नुन-तेल मार्गको पाँचदिने पदयात्रा यसको मेरूदण्ड हो । गाउँ भाषा खोज्ने वहाना । अनि, मेरो परिवारका चार पुस्ताको कथा त्यो भाषा प्रकट गर्ने माध्यम ।
Nun Tel – Jeevan Kshetri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon