भोटे खाम्पा तिब्बतीभाषी बौद्ध जातीय समूह हो जो पुख्यौली पेशा – नुन र चामलको विनिमय व्यापार – गरेर जीविकोपार्जन गरी सपरिवार फिरन्ते जीवन बिताउँथ्यो । यो समूह व्यापारका लागि भेडाबाखाहरूलाई भारी बोकाएर हरेक वर्ष बसाइ सराइ गर्दै उच्च हिमाली भेग पार गरेर तिब्बत स्वायत्त क्षेत्रको पुराङ – तिब्बती नुनको मुख्य बजार र तल दक्षिणमा नेपाल-भारत सीमाको भारतीय नुनको बजार सम्मको यात्रा गर्थ्यो । पहाडी बाटोमा उनीहरू नेपाली गाउँका किसानहरूको अन्नबालीसँग भारतीय र तिब्बती नुनको विनिमय व्यापार गर्दै अघि बढ्थे । तर सन् १९९०को दशकमा चीनले सुदूर-पश्चिम नेपालमा नयाँ सीमा नियम लागू गरेपछि भोटे खाम्पाका पुख्यौली पेशा विनिमय व्यापारको अन्त्य भयो ।
यो अध्ययन भोटे खाम्पा समुदायको सन् १९७० को दशकको फिरन्ते जीवनको ऐतिहासिक दस्तावेज हो । तस्वीर, नक्सा, रेखाचित्र र व्यक्तिगत जीवनका कथालाई आधार बनाएर यो अध्ययन गरिएको हो । उपसंहारमा सन् २०१५ देखि पुख्यौली पेशा वस्तु विनिमयको सम्भावना नरहेपछि भोटे खाम्पाहरूले कसरी नयाँ जीवनचर्यामा आफूलाई ढाले भन्ने कुराहरू छन् । साथै राष्ट्रीय राजनीतिक परिवर्तन – गैरहिन्दू जातीय अल्पसङ्ख्यकहरूको समावेशीकरणले कुनैपनि नागरिक र राजनीतिक अधिकारविनाका भोटे खाम्पाहरूलाई मतदानको अधिकारसहित नेपाली नागरिक बनाएको चर्चा पनि छ ।
Nun Ra Chamal – Hanna Rauber ; Alka Atreya Chudal
नुन र चामल– अलका आत्रेय चूडाल
- Year: 2025 AD
- Edition: 1
- 191 pages
- Hardback
US$15
Availability: 5 in stock
Weight | 1.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet