कविता र कथामा छुट्टै पहिचान बनाइसकेका युवा साहित्यकार मणि लोहनी टेलिभिजन पत्रकार हुन् । वि. सं. २०३२ सालमा नुवाकोटमा जन्मिएका लोहनीका कथा, कविता र निबन्धका गरी पाँच कृति प्रकाशित छन् । वि. सं. २०६१ सालमा प्रकाशित कविताकृति मलामी साँझ र २०६७ मा प्रकाशित परास्त प्रेम कथासङ्ग्रह लोहनीका चर्चित कृतिहरू हुन् ।
उनले युवा वर्ष मोती पुरस्कार, भानुमोती पुरस्कार, सर्वोत्कृष्ट कथा पुरस्कार, दीपज्योति सम्मान, विसाप पुरस्कार र शब्दशताब्दी कविता पुरस्कार प्राप्त गरेका छन् । उनका केही कथाहरू हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा अनुवाद भएका छन् ।
मान्छेमान्छेबीचका सम्बन्ध र त्यसमा आउने विचलनमाथि कलम चलाउन रूचाउने लोहनीको ‘निर्वस्त्र मन’ नामहीन सम्बन्धहरूको कथा हो । यसभित्र रहेका अधिकांश कथा नारीमनोविज्ञान, प्रेम र सम्बन्धमाथि केन्द्रित छन् । प्रेम र सम्बन्ध फरकफरक कुरा हुन् भन्ने कथाकार लोहनीको दाबीले भिन्न बहसको थालनी पनि गरेको छ ।
Nirbastra Mann – Mani Lohani
Nirbastra Mann – Mani Lohani
निर्वस्त्र मन – मणि लोहनी
₨200
Out of stock
Restock Email Notification
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet