नीलो प्रेम’ नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागर हार्दिकताको गहिराइ जस्तो ।
तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरूका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ?
साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरुमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।
कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने ‘नीलो प्रेम’ केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।
Nilo Prem – Purushottam Bajagain
Best Seller
Nilo Prem – Purushottam Bajagain
नीलो प्रेम– पुरुषोत्तम बजगाई
₨799
Out of stock
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet