टेस्लाको जीवनी वास्तवमा एउटा सनसनीपूर्ण रोमाञ्चक उपन्यास जस्तै छ, जो लक्ष्यमा अनवरत प्रवाहित एक तीव्र आँधीजस्तो पनि लाग्छ । एक कट्टर धार्मिक पादरीको सन्तान भएर पनि पिताको पन्थमा उनी नगएर उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे । उनकी आमा भने शाश्वत प्रकृतिकी उपमा नै थिइन् जसलाई क्षुद्र सांसारिकताको कलुष व्यर्थताले हुँदैनथ्यो । टेस्लालाई आफ्नो सहोदर दाजुको अल्पायुमा भएको मृत्युको चोट पयो जुन उनले जीवनमा कहिल्यै भुल्न सकेनन् । उनको जीवनको अन्त्यसम्म पनि दाजुको मृत्युको भूतले उनलाई खेदिरह्यो । उनी यसलाई नाघेर कहिल्यै बाहिर जान सकेनन् । उनको बाल्यकाल खासै सम्पन्न थिएन । पछि पनि गरिवीले जीवन सङ्घर्षको क्रममा निकै सतायो । उनी सडकमा काम गर्ने मजदूर ज्यामीसम्म बने । तर जीवनको पछिल्लो कालमा भने आर्थिक वा भौतिक अभावको कुनै सङ्केत देखिएन । उनले अधिकांश समय सुविधासम्पन्न तारे होटलमा नै बिताए ।
टेस्लाले संसारलाई दिएको महत्त्वपूर्ण योगदान भनेको विद्युत्को एसी करेन्टको अन्वेषण नै हो जसले गर्दा विद्युतको संसारभर समग्र प्रवाह सम्भव भयो । यसले विश्वको वर्तमान् अवस्था सम्भव गरायो । तर उनले यसको जस भने कहिल्यै पाएनन् ।
Nikola Tesla (We Read) – Vladimir Pistalo
Nikola Tesla (We Read) – Vladimir Pistalo
निकोला टेस्ला– भ्लादिमिर पिस्ताले
₨1,050
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet