नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता
फ्रेडरिक एच. गेजको बहुप्रशंसित कृति नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता मा तराईलाई राष्ट्रिय मूलधारमा एकाकार गर्नलाई नेपाली राज्यले अवलम्बन गरेका गलत बाटाहरू एवं प्रभावहीन प्रयासहरूको सविस्तार वर्णन गरिएको छ । नेपाली समाज, राजनीति र अर्थतन्त्रमा अनेकौँ परिवर्तनहरू भएका छन् । यद्यपि पुस्तकको मूलभूत विषय प्रकाशनको आधा शताब्दी बितिसक्दा पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
प्रकाशनको ३४ वर्ष बितिसक्दा पनि फ्रेडरिक गेजद्वारा लिखित नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता तराईको सामाजिक-राजनैतिक अवस्थाको समग्र परिचय दिने अझै पनि सबैभन्दा उत्कृष्ट कृति हो ।
सन् २००९ को दोस्रो संस्करणमा अर्जुन गुणरत्नेद्वारा लिखित परिचय खण्डबाट उद्धृत पहिलो प्रकाशनबारे
नेपालको राजनीति र तराईको अर्थतन्त्रबारे जिज्ञासुहरूलाई यस पुस्तकले तथ्य प्रमाणसहित आधारभूत र निकै उपयोगी जानकारी पस्किनेछ ।
प्याट्रिसिया कापलान, जर्नल अफ एसियन स्टडिज
नेपालबारेको हाम्रो ज्ञानमा यस पुस्तकले महत्त्वपूर्ण योगदान गर्छ ।
वेरनर लेभी, प्यासिफिक एफयर्स
गेजको मूल तर्क के हो भने देशको अन्नभण्डार र प्रमुख औद्योगिक केन्द्र भएकाले नेपाललाई आर्थिक रूपमा बाँचिरहनलाई नभई नहुने क्षेत्र हुनाका बाबजुद तराई अत्यधिक शोषणको शिकार भएको छ र अहिले पनि राजनीतिक रूपमा सीमान्तकृत हुनुका साथै आफूलाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण राष्ट्रव्यापी निर्णय प्रक्रियामा त्यहाँका बासिन्दा सामेल छैनन् । नेपालको सुन्दर भविष्यका लागि तराईसँग भइरहेको क्षेत्रीय शोषण र राजनीतिक सीमान्तीकरण जस्ता समस्याहरूबाट उत्पन्न हुने अन्तरविरोधहरूको समाधान खोज्नै पर्छ ।
डेभिड सेडन, रेस एन्ड क्लास
Nepalma Chhetriyata ra Rastriya Ekta – Frederick H. Gaige
नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता– फ्रेडरिक एच. गेज
- Year: 2015 AD
- Edition: 1
- 259 pages
- Paperback
₨650
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet