काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल मा अध्यापन गरिरहेका यस पुस्तकका लेखक विशाल खनालले विगतमा त्रिभुवन विश्वविद्यालय, कानुन सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा क्रमशः विश्वका प्रमुख कानुन प्रणाली तथा नेपालको विधिशास्त्र विषयमा गरी करिब एक दशक र त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति तथा विकास विभागअन्तर्गत स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुन विषयमा करिब चार वर्ष आंशिक शिक्षक भई अध्यापन गरेका छन् । विगतमा उनले राष्ट्रिय मानवअधिकार आयोगको सचिव, सर्वोच्च अदालतको सह-रजिस्ट्रार, जिल्ला न्यायाधीश तथा संयुक्त राष्ट्र सङ्घमा मानवअधिकार विज्ञ लगायतको हैसियतबाट तीन दशकभन्दा बढी समय काम गरिसकेका छन् ।
कानुन, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका लेखकका ६ वटा पुस्तक र सात दर्जनभन्दा बढी लेख/रचना प्रकाशित छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मानवअधिकार, कानुनको शासन तथा न्याय प्रशासनसम्बन्धी विषयमा विशेषज्ञका रूपमा कैयौं प्रवचन दिएका छन् र अनगिन्ती कार्यपत्र प्रस्तुत गरेका छन् ।
Nepalko Nyaya Prashasan (Yetihasik Sinhawalokan) – Bishal Khanal
नेपालको न्याय प्रशासन (ऐतिहासिक सिंहावलोकन)
- Year: 2073 BS
- Edition: 3
- 304 pages
- Paperback
₨695
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet