Nepalko Bijuli Ra Jansarokar – Mohan Krishna Upreti

नेपाल को बिजुली रा जनसरोकार – मोहन कृष्ण उप्रेती

499

Availability: 5 in stock

SKU: Nepal ko Bijuli Ra Jansarokar (RBD) Categories: , Tag:

आमा लक्ष्मीदेवी र बुबा गङ्गाप्रसादका सुपुत्र मोहनकृष्ण उप्रेती (२०११ आषाढ २२) सिबुवा, पाँचथरमा जन्मेका हुन् । उनी हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं.-६ मा रहेको ग्रिनहिल सिटी कोलनीमा बस्छन् । उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक, व्यापार व्यवस्थापनमा स्नातकोत्तर र ग्राफोलोजी विषयमा लेखक परिचय डिप्लोमा गरेका छन् । २०३८ सालमा तत्कालीन विद्युत् विभागमा इलेक्ट्रिकल इन्जिनियरको रूपमा सेवा प्रवेश गरेका उनी २०४२ सालमा नेपाल विद्युत् प्राधिकरणमा सेवा मिलान भएर विभिन्न व्यवसाय योजना, उत्पादन, प्रसारण, वितरण र निर्माण आयोजनामा करिब ३२ वर्ष जिम्मेवारी बहन गरी २०६९ सालमा उत्पादन व्यवसायको प्रमुखबाट सेवानिवृत्त भए ।
विद्युत् प्राधिकरणको सेवा निवृत्त भएपछि उनी केही समय एसियाली विकास बैंकको तर्फबाट प्रोजेक्ट इम्प्लिमेन्टेसन सपोर्ट कन्सल्टेन्टको रूपमा विद्युत् प्राधिकरणका आयोजना अनुगमनको जिम्मेवारीमा थिए । उनीसँग केही निजी क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अनुगमनको अनुभव पनि छ । इन्जिनियरिङ पेसामा आवद्ध उप्रेती लेखन कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
Nepal ko Bijuli Ra Jansarokar – Mohan Krishan Upreti

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon