विश्वमा चलेका हरेक साहित्यिक सिद्धान्तले निकै लामो समय पार गरेपछि मात्रै नेपालमा प्रवेश पाउने गरेका छन् । अङ्ग्रेजी भाषाका ज्ञाताले नेपालीमा सारै थोरै मात्र कलम चलाउने भएकाले अपेक्षित मात्रामा ती सिद्धान्त नलेखिने र नेपाली भाषाका लेखकलाई ती कुरा बुझेर नेपालीमा लेख्न अलि बढी समय लाग्ने भएकाले पनि कुनै पनि सिद्धान्त पश्चिममा निकै पुरानो भइसकेपछि मात्र नेपालमा आइपुग्ने गरेको छ । पश्चिमी जगत्मा नारीवादी साहित्यिक सिद्धान्तको प्रारम्भ भएको पाँच दशकपछि र त्यसमा अनेकन् हाँगाबिंगा पलाइसकेपछि नेपाली भाषामा डा. सुधा त्रिपाठीद्वारा निकै गहिरो अध्ययनपछि नारीवादी सौन्दर्य चिन्तन नाम गरेको यो पुस्तक तयार भएको छ । |
Naribadi Saundarya Chintan – Sudha Tripathi
Reviews
There are no reviews yet.