सन् २०१० फेब्रुअरी १३ तारिक, अर्थात् २०६६ साल फागुन १ गते शनिबार । बहराइनको अन्तर्राष्ट्रिय विमानस्थलमा हामी सोह्रघण्टे ट्रान्जिटमा फस्यौँ । बाहिर निस्कने ___ अनुमति थिएन । यात्री विश्रामालयमा माउिँदामाडिंदा दिक्क लागेर मैले गोविन्द कोइरालालाई भने, “सर ! गौरा प्रसाईं त भाउजू हुनुहुँदो रहेछ हगि ?” वातानुकूलित एअरपोर्टभित्र यात्रीहरू दौडिरहेका थिए । बुर्का लगाउने, फुर्का लगाउनेदेखि अल्छी भगाउनेसम्मका ड्रेस लगाएर उनीहरू आफ्ना लगेज तानिरहेका थिए । मेरा कुराले कोइराला सरलाई जगाएछ । उनले सुकिलो अनुहार बनाउँदै पुड्के जबाफ दिए, “हो त ।” – त्यसपछि चलायमान भयौँ हामी । उनले घाँटी सफा गरे र भने, “हामी एउटै परिवारका सदस्य त हौँ, अनि तपाईंले कसरी थाहा पाउनुभयो ?” गौरा प्रसाईंको नाम मैले झापा आन्दोलनपछि सुनेको थिएँ । मोरङका भूमिगत सेल्टरहरूमा राति उङ लाग्दा ‘सागर’ ले किस्सा सुनाउनुहुन्थ्यो, “तपाईंहरू जत्रै महिला झापामा राजतन्त्र फाल्न हिँड्नुभएको छ, तपाईंहरू भने निद्रा फाल्न पनि सक्नुहुन्न ।” झापाकी ती महिलाको नाम गौरा भन्ने सुनेपछि हामी क्रमश: तिखिदै र इखिंदै गयौँ । त्यही नामसँग जोडिएका मान्छे अचानक सात समुद्रपारि भेटिएपछि मैले संवाद बढाएँ, “ए सर ! मलाई नेपाल फर्केपछि भाउजूसँग चिनजान गराइदिनुस् है, त्यस्ती महिलाको त किताब पो लेख्नुपर्छ ।” वास्तवमा यो किताबको गर्भाधान यसरी हुन गएको हो । ओहो ! गौरा प्रसाईंको भोगाइ कहालीलाग्दो रहेछ । उनको अतीतलाई बुन्दै जाँदा म आफैं अजङको जङ्गलमा हराएँ । हाम्रो समाजमा महिला भएर जन्मिनु, उसले सत्तापरिवर्तनको झन्डा बोकेर हिँड्न, त्यो बाटोले वेश्यालयभित्र प्रयाउन्, आफैं फत्केर परदेशतिर भासिन्, जेलमा जाकिनु, पुन: त्यही महिला श्रीमती बनेर, आमा बनेर फेरि झन्डा बोकेर दौडिन, यो _घटना मानवजातिभित्रको अवर्णनीय सङ्कल्प लाग्यो मलाई । कोठीमा बेचिएर पनि उज्यालोको बीउ जोगाइरहने गौरा प्रसाईंलाई सलाम ! – अनिल पौडेल |
Mera Jeewanka Pana – Gaura Prasai
Reviews
There are no reviews yet