२०४६ को जनआन्दोलनपछि महिलाहरूको हक र अधिकारका लागि अगाडि बढे/ बढाइएका मुद्दा मैले आफ्नै आँखा अगाडि देखेकी छु । ती मुद्दाहरूको पक्षमा सामाजिक र कानुनी लडाइँमा पहल गर्ने अग्रज महिलाहरू सँगसँगै हिँडेकी छु । ती पहलहरूलाई सञ्चार | माध्यममार्फत सर्वसाधारण समक्ष पुऱ्याएकी छु । त्यसैले सोचें, यी कुरा लेखिएनन् भने हराएरै जाने रहेछन् । नयाँ पुस्तालाई मात्र किन, पुरानो र मेरै पुस्तालाई पनि आफूहरू हिँडेको बाटो सम्झाउनुपर्ने रहेछ । इतिहासको सम्यक् अवलोकनले मात्र आगामी मार्ग तय गर्छ होला ।
मैले लेखहरू त लेखें । तर ती इतिहासको गर्तमा इतिहास भनेर लेखिने छाँटकाँट देखिएन अनि लेखें मिडिया, महिला र म | पुरुषले पुरुषका लागि पुरुषद्वारा इतिहास लेख्ने परम्परामा आधा आकाश भनिने महिलाको सङ्घर्ष, सहभागिता कहाँ छ, कसरी छ, कति छ ? यी विषयमा घोत्लिने जिम्मा पाठकलाई । नयाँ पुस्तालाई ।
Media Mahila Ra Ma – Amrita Lamsal
Media Mahila Ra Ma – Amrita Lamsal
मिडिया महिला र म – अमृता लम्साल
₨700
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet