Marxbad Ra Uttaradhuniktabad – Tikabahadur Basnet

माक्र्सवाद र उत्तरआधुनिकतावाद– टीकाबहादुर बस्नेत

US$4.25

Out of stock

Restock Email Notification

SKU: Marxbad Ra Uttaradhuniktabad Categories: , Tag:

पुस्तकमा दर्शनको वर्गीय चरित्रको गहन र विशद् चर्चा छ । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुनुलाई सहज स्वाभाविक मानिएको छ । वर्गीयता वा पक्षधरता त्यतिबेला देखा पर्यो जतिबेला आदिम समाजको अस्त भयो। अनि समाजमा दास युगको जन्म भयो । यस सन्दर्भमा वर्गीय विभेद उत्पन्न हुनु तथा आआफ्नो वर्गको पक्षपोषणमा लाग्नुलाई अन्यथा मानिदैन । यति हुँदाहुँदै पनि यदि वैज्ञानिक समाजवादको स्थापनाको सन्दर्भ आउँछ, त्यसबेला स्थापित भएका वर्गहरूको समुल नष्ट हुन्छ भन्ने मूल मान्यता रहेको छ। यस सन्दर्भमा कम्युनिष्ट घोषणा पत्र सार्वजनिक भएपछि सर्वहारा वर्गको श्रेष्ठता कायम भएको उदाहरण छ।
1
सर्वहारा वर्गको आधारभूमि वर्गसङ्घर्ष नै हो । यो अवस्था बुर्जुवा वा सामन्तहरूसँगको वर्गीय लडाइसँग सम्बन्धित रहन्छ। वर्गीय अन्तर्बिरोधीहरू परस्परमा टक्करमा रहेपछि कडारूपमा वर्गीय पक्षधरता देखिन्छ जुन वर्गसापेक्ष नै हुन्छ । कृतिकारले मार्क्सवाद र उत्तरआधुनिकतावादका बारेमा विमर्श गर्दै ती दुईलाई विपरीत धुर्वी सिद्धान्त भएको पुष्टि गरेका छन् । मार्क्सवादलाई श्रमजीवी, सर्वहारा वर्गको पृष्ठपोषण गर्ने दर्शन हो भन्दै खँदिला तर्क प्रस्तुत गरी उत्तरआधुनिकतावादलाई केवल भ्रम सिर्जना गर्ने तथा वहस र पैरवी विशेषका रूपमा हेरिएको छ । सर्वमान्य र विश्वव्यापी विश्वदृष्टिकोण राख्ने कार्ल मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक सिद्धान्तले गरिब तथा श्रमजीवी वर्गको उन्मुक्तिको चाहना राख्दछ। विज्ञानसम्मत दर्शन विशेषका रूपमा रहेको मार्क्सवाद एउटा जीवनपद्दति बनेर अघि सरेको छ । बास्तवमा यो नै समाज रूपान्तरणका लागि समानताको वकालत गर्ने क्रान्तिकारी कदम हो र यसबाट नै समाजवाद स्थापना गर्न सहयोग पुग्दछ ।
प्रा. डा. यादवप्रकाश लामिछाने
Marxbad Ra Uttaradhuniktabad – Tikabahadur Basnet

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon