मनमन्दिरका तस्विरहरू’ पाँच खण्डमा विभक्त छ । यसको मुख्य खण्डमा दिदीको अन्तर्मनमा बसेका नेपाली साहित्यमा ख्यातिप्राप्त केही स्रष्टाहरूका मधुर स्मरण छन् । अग्रज साहित्यकारहरूप्रति दिदीको अति श्रद्धा र भक्ति प्रस्तुत संस्मरणका अनेकौँ सन्दर्भमा प्रकटित छ । दिदीले प्रस्तुत गरेका नामहरू आफैँमा गौरवपूर्ण छन् किनभने यी हरेक स्रष्टाले नेपाली साहित्यमा दिएको योगदान अनुपम र अमूल्य छ । यीमध्ये धेरैजसो स्रष्टाहरू कीर्तिशेष भैसकेका छन् भने कतिपय अझै सिर्जनकर्ममा संलग्न रहँदै आएका छन् । केदारमान व्यथित, मदनमणि दीक्षित, रेमश विकल, डायन शम्शेर राणा, दौलतविक्रम विष्ट, वासु शशी, छिन्नलता, कृष्णप्रसाद पराजुली, ध्रुवकृष्ण दीप, वासु रिसाल यात्री आदिसँगका रोचक संस्मरणहरू साहित्यमा रूचि राख्ने सबैका लागि निकै महत्वपूर्ण छन् । मलाई लाग्छ, यी केवल संस्मरण मात्र होइनन्, बरू नेपाली साहित्यको अलिखित इतिहासका केही केही पानाहरू पनि हुन् ।
प्रा. डा. सुधनकुमार पौडेल
Manmandirka Tasbir – Kalpana Pradhan




Reviews
There are no reviews yet