Mancheko Mutu – Awanibhushan Upadyaya

मान्छेको मुटु– अवनिभूषण उपाध्याय

600

Availability: 5 in stock

SKU: Mancheko Mutu Categories: , Tag:

मुटुसम्बन्धी प्रचलित भावनात्मक शब्दहरूको गहिराइमा पुगेर वैज्ञानिक विश्लेषण गर्नुका साथै मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल भाषामा उत्तर दिने एउटा जमर्को हो ‘मान्छेको मुटु’ ।
डा. अवनिभूषण उपाध्याय : पुस्तकका लेखक
योगीहरू भन्छन्, ‘सुन बढी हुनेको मुटुमा गडबडी हुन्छ !’ तर यस पुस्तकमा डाक्टर भन्छन्, ‘नुन बढी खानेको मुटुमा गडबडी हुन्छ, स्याहारे गुन हो मुटु, नस्याहारे बैगुन हो मुटु ।’
हो, यस पुस्तकमा नुनदेखि पानीसम्म के खाने, कति खाने, किन खाने, किन नखाने ? भन्दै हरेक खाद्य संरचनाको मानिसको शरीरसँगको सम्बन्ध बुझाइएको छ ।
राजेन्द्र थापा : साहित्यकार
मुटुबारे अनगिन्ती जानकारी दिनुका साथै मन र आत्माबारे समेत चर्चा गर्नु यस कृतिको विशेषता नै हो । हाँसले पानीबाट दूध मात्र छुट्याएर निकाले जस्तै मुटुबारेका महत्त्वपूर्ण कुरा, मानिसका जिज्ञासा, प्रस्ट नभएका कुरा, भ्रम आदि प्रसङ्गहरूलाई समावेश गरी प्रश्नोत्तर शैलीमा प्रकाशित यो कृति सबै प्रकारका पाठकहरूका लागि उपयोगी र सङ्ग्रहणीय छ ।
डा. प्रकाशराज रेग्मी : लेखक/चिकित्सक
मानिसको शरीरमा अङ्गका राजाको रूपमा रहेको मुटुको महत्त्व, यसलाई रोग लाग्नबाट बचाउने उपाय, रोग लागिहाल्दा उपचारका उपायहरूका सम्बन्धमा मात्र नभई मस्तिष्कलगायत अरू विभिन्न अङ्गसँग मुटुको सम्बन्ध, समस्या र समाधानका उपायबारे आम मानिसका मन-मस्तिष्कमा उठ्ने अनेकौं प्रश्नहरूको एकमुष्ट जवाफस्वरूप आएको छ डा. अवनिको ‘मान्छेको मुटु’ ।
लक्ष्मण अधिकारी : पुस्तक सम्पादक
Mancheko Mutu – Awanibhushan Upadyaya

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon