Manche Harayako Manche – Laxman Thapa

मान्छे हराएको मान्छे– लक्ष्मण थापा

275

Availability: 5 in stock

SKU: Manche Harayako Manche Categories: , Tag:

भावगाम्भीर्य र कलात्मक सौन्दर्यचेतसहित समय, समाज र जीवन दर्शनलाई टपक्क टिपेर वैचारिक महत्त्वका सुन्दर काव्य सिर्जना गर्ने कवि लक्ष्मण थापा आख्यानलाई पनि उत्तिकै प्रेम गर्छन् । पछिल्लो समय लघुकथा लेखन र यसको विधागत विकासमा समेत लागिपरेका उनी सामाजिक विकृति विसङ्गतिलाई केलाएर उज्यालोको आराधनासहित नैतिक मूल्य र मान्यताका पक्षमा सुन्दर लघुकथा लेख्ने लघुकथाकारका रूपमा उदाइरहेका छन् ।
सुन्दर र चामत्कारिक लघुकथा सिर्जना गर्ने उनको शब्दसामर्थ्यको साक्षी बस्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । उनको साहित्यिक समर्पण, सक्रियता र अक्षरप्रेम मनमोहक छ । अनुकरणीय पनि छ । यो खुसीको क्षण म उनको अक्षरप्रेमलाई उच्च प्रेम र सम्मान अर्पण गर्दछु । अनन्त शुभकामना ! – साहित्यकार डा. ईश्वरमणि अधिकारी
निरन्तर साधना र गहिरो चिन्तनबाट उत्कृष्ट साहित्यको अपेक्षा गर्न सकिन्छ । मलाई लाग्छ लक्ष्मण थापाले साहित्य लेखनमा विचारको प्रयोग र शब्दहरूको सदुपयोग राम्रोसँग गरेका छन् । तब हामीले उनका कृति पढिरहँदा त्यो छनक पाउँछौँ ।
समकालीन साहित्यमा आफ्नो छुट्टै पहिचान बोकेर यात्रारत लक्ष्मण थापा कवि मात्र होइनन्, गजलकार, मुक्तककार साथै सुन्दर लघुकथाकार पनि हुन् । लघुकथा लेखनमा उनको विशेष दख्खल छ । हाल लघुकथा प्रतिष्ठान पोखराका अध्यक्षसमेत रहेका उनी लघुकथाको उन्नयनमा निरन्तर लागिपरेका छन् । त्यसै क्रममा अहिले उनको लघुकथा सञ्चयन मान्छे हराएको मान्छे बजारमा आएको छ । यस पुस्तकले पक्कै पनि पाठकहरूको मन जित्न सफल हुने छ भन्ने मलाई विश्वास छ ।
– साहित्यकार दीपक समीप

Manche Harayako Manche – Laxman Thapa

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon