प्राचीनकालदेखि नेपाल विभिन्न जात-जाति, भाषा-भाषी, धर्म, कला र संस्कृति अँगालेका समूहको आवादस्थल रहिआएको छ । तीमध्ये नेपालमा जनसंख्याका हिसाबले तेस्रो ठूलो जाति मगर समुदाय जताततै छरिएर बसेका छन् । अठार मगरात भनिने रिडी पश्चिम रापती प्रसवणक्षेत्र, पूर्व बाह्र मगरात कालीगण्डकी प्रसवणक्षेत्र, मर्स्याङ्दी प्रसवणक्षेत्र र कर्णालीभन्दा पूर्वको विशाल पहाडी भूभागमा मगरको बाक्लो बस्ती छ । यी तीन भौगोलिक क्षेत्र बाहेक मगरहरू नेपालको ७७ जिल्लाका अतिरिक्त सीमा पारि सिक्किम, देहरादून, दार्जिलिङ, भुटान हुँदै युरोप अमेरिकासम्म फैलिएका छन् । इस्वी सम्वत् पन्ध्रौ शताब्दीमा कुमाउमा मगर राज्य प्रमुख, तिब्बतको कान्चापा उपत्यकामा मगर राजा र सिक्किममा मगर राज्य हुनु जस्ता तथ्यहरूले बृहत्तर मगरातको इतिहास देखाउँछ ।
प्राचिनकालदेखि बसोबास गर्दै आएका मगरहरूको आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण भूमिका छ । मगरहरूको आफ्नै पुर्खादेखि प्रचलनमा रहेको मौलिक मातृभाषा छ, जसलाई भोट-बर्मेली भाषिक वर्गमा वर्गिकरण गरिएको छ । बसाइसराइले विभिन्न ठाउँमा छरिएपछि एउटै जातीय समूह भएर पनि मगरमा भाषा, रहनसहन र सँस्कृतिमा विविधता पाइन्छ । अठार मगरातमा बोलिने खाम/पाड, बाहू मगरातमा बोलिने ढुट र कर्णाली क्षेत्रको डोल्पामा बोलिने काइकेले गर्दा भाषिक मात्रै हैन साँस्कृतिक विविधता पनि उत्तिकै छ । भाषाका आधारमा खाम/पाङ, ढुट र काइके तथा भूगोलका आधारमा बाह्र मगरात र अठार मगरात जे भने पनि सबै मगर एकै हुन् ।
Magar Itihas – Manoj Ghartimagar, Rajkumar Dikpal
Magar Itihas – Manoj Ghartimagar, Rajkumar Dikpal
मगर इतिहास – मनोज घर्तीमगर, राजकुमार दिक्पाल
- Magar Itihas
- Manoj Ghartimagar, Rajkumar Dikpal
- Gandaki Pragya Pratisthan
- Nepali
- 146 pages
₨300
Out of stock
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
1 review for Magar Itihas – Manoj Ghartimagar, Rajkumar Dikpal
Only logged in customers who have purchased this product may leave a review.
Susil Pun Magar (verified) –
A dive into Magar History. Repetitive but informative book for peek into magar anthropology.