श्याम सिंघक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको
ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसंघर्ष अनि आम मानिसका पीडा र आशाहरूलाई यसअघिका “दलिता” र “रेमिट्ल्यान्ड’ उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिंघकको तेस्रो आख्यानकृति हो- “कोइलाखाद” ।
एक नेपाली युवा जो, लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाद जान बाध्य हुन्छ, र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ । “कोइलाखाद” उही युवाको माध्यमबाट भनिएको कथा हो, र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैदेशिक दुःख, प्रेम र प्राप्तिको अदभूत आख्यान हो ।
भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ । जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसंघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ, र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो, भन्ने चिन्तन प्रस्तुत गर्दै सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको “कोइलाखाद” उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो ।
-राजन मुकारूङ
Koilakhad – Shyam Singhak
कोइलाखाद– श्याम सिंघक
- Year: 2081 BS
- Edition: 1
- 241 pages
- Paperback
₨699
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet