Ko Anup – Anupraj Sharma

को अनूप– अनूप राज शर्मा

525

Availability: 5 in stock

SKU: Ko Anup Categories: , Tag:

यसै पुस्तकबाट
सारांशमा यो अनूप राज शर्माको संस्मरणले निजी कथा, मानव अधिकारका समस्या र तिनको निराकरणका उपाय, प्रजातन्त्र र त्यसको प्रयोग र कर्ताहरूका व्यवहार र आचरणलाई जोडेको छ । यस संस्मरणमा नेपालका वरिष्ठ कानुन व्यवसायी र राजनीतिज्ञका चित्र आउँछन् । समाज र यसको गतिका वर्णन आउँछन् । यसको विषयमा यति नै लेख्नु उपयुक्त होला । यो संस्मरणमा निजी र आमकथाको सहज सङ्गम भएको छ । व्यक्ति, समय, राजनीति, कानुन र मानव अधिकार, अथवा बाह्य र निजी जीवनको यस संस्मरणमा गरिएको समागम नै “को अनूप ?” को सामर्थ्य र गतिशीलता हो ।
– डा. अभि सुवेदी राजनीतिक परिवारभित्र जन्मिएको मात्र नभई परिवारसँगै सङ्घर्ष पनि गरेको अनुभवले पाकेका लेखकले सम्पूर्ण पुस्तकमा प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारका बारेमा विस्तृत चर्चा गरेका छन् । कैयौं त्यस्ता मानिसहरूको पनि चर्चा छ, जसका बारेमा सामान्यतया धेरैलाई थाहा थिएन । जस्तैः राजबाला शर्मा जो लेखककै आमा त हुन् तर उनी राजनीतिक योद्धा पनि थिइन्, जुन कुरा मैले कतै पढेको वा सुनेको थिइनँ ।
कृष्ण धरावासी
जिज्ञासा उठ्न सक्छ- यो कस्तो कृति हो भनेर । मेरो दृष्टिकोणमा पाठकले यसलाई हेर्ने दृष्टिकोण नै पुस्तकको परिचय हो । पुस्तकका सबै शीर्षकमा आएका सन्दर्भहरू सागरबाट हातमा पानी भिकेजस्तै छन् । सिद्धहस्त लेखकले उहाँको अनुभव सुनेमा यस्ता दर्जनौँ कृतिहरू आउन सक्ने विषयवस्तु उहाँभित्र लुकेका छन् ।
Ko Anup – Anupraj Sharma

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    The Alchemist
    The Alchemist - Paulo Coelho
    Qty: 1
    Price: 640
    Remove
    Shop Ratna Online
    Right Menu Icon