केटोले आफ्नो बाल्यकालका दिनहरुमा खुबै मस्ती गयो । केही
मन परेर गयो, केही नयाँ कुरा सिक्न गयो । केही बाध्यताको परिवन्दमा परेर गयो त केही रमाइलोका लागि गन्यो । परिवार सम्पन्न भएर होइन, मनले मागेको चीज गयो । तर जे गर्यो गयो, त्यो सबै समयको गर्भमै रह्यो । विगतको स्मृतिमा अमर भएर रह्यो ।
…
कसैले पनि विगतमा गएर आफूले गरेका काम सच्याउन सक्दैनन् । यसो हुन्थ्यो भने केटाले आफू सानो हुँदा गरेका वा | जान अनजानमा भएका गल्तीहरु सुधार्थ्यो होला । केटाले आफ्नो स्मृतिको कुनामा पोको पारेर राखेका बाल्यकालका स्मरणहरु संशोधन गर्थ्यो होला । मन लागेको बेला केटाले सम्झनाको कहिले कुन पोको खोल्थ्यो होला त कहिले कुन ।
केटोले आफू बालकपनबाट टाढा भएपछि ती दिनहरु सुन्दर सम्झना बन्लान् भनेर जानाजान गरेको होइन । समयको बहावसँगै बिताएका पलहरु समयको गतिमै सृजना भए । केही मेटिए, केही ठूलो भएपछि पनि स्मृतिको पानाभरि भेटिए । समूहको हिस्सा भएपछि केटाकेटीरु कतिपय काम आफूलाई मन नपरे पनि गर्न बाध्य हुन्छन् । केटो मात्रै कहाँ छुट्थ्यो र !
Keto – R.D. Bhatta
Reviews
There are no reviews yet