Kathmandu Ahile ra Uhile – Tirtha Narayan Manandhar

काठमाडौं अहिले र उहिले – तीर्थनारायण मानन्धर

350

Out of stock

Restock Email Notification

SKU: Kathmandu Ahile ra Uhile (RBD) Categories: , Tags: ,

Kathmandu Ahile ra Uhile – Tirtha Narayan Manandhar |

बुद्धधर्मको उत्थान र समाजसेवामा समर्पित श्री तीर्थनारायण मानन्धरज्यूको कृति ‘ जिगु लुमन्तिइ यें दे म्हिगः व थौं आद्योपान्त पढ्दा यसमा नेपालमा थेरवादी बुद्धधर्मको इतिहास पूर्णरूपले प्रस्तुत गरिएको पाएँ । यो यस पुस्तकको एउटा राम्रो पक्ष हो । राणाशासनमा बुद्धधर्मको जति प्रचार हुनुपर्ने हो त्यति नभई अलि अलि मात्रै भएकोमा पनि बौद्ध भिक्षुहरूलाई देश निकाला गरिए पछि यहाँ थेरवाद नै थिएन कि जस्तो पनि बनाइदियो । पछि भिक्षु नारद यहाँ आउनुभई भिक्षु अमृतानन्द समेत बसेर ऐतिहासिक सम्मेलन गरेको विवरण यस पुस्तकमा उल्लेख भएको छ जुन निकै प्रशंसनीय छ । यसबाट नेपालमा बुद्धधर्म पुनर्जागरण भएको इतिहास पढ्न पाइन्छ ।

तीर्थनारायण मानन्धरज्यूको देन आनन्दकुटी विद्यापीठ स्थापनामा पनि धेरै रहेको छ । उहाँ लगायत पूर्णमान , भक्तिलाल र द्वारिका चार जनालाई भिक्षु अमृतानन्दका चार पाङ्ग्रा भनिन्थ्यो । उहाँहरू सँगै काममा सहयोग गर्नुहुने लोकरत्न तुलाधरज्यूलाई पनि बिर्सन सकिन्न ।

हाल तीर्थनारायणज्यू स्वयम्भु संरक्षण तथा व्यवस्थापन महासमितिका अध्यक्ष , आनन्दकुटी दायकसभाका पनि अध्यक्षका साथै आनन्दकुटी बिहार गुठीमा पनि संलग्न भएर सक्रिय जीवन बिताइरहनुभएको छ । बौद्ध धर्म , संस्कृति र समाजसेवामा उहाँको योगदान अतुलनीय छ ।

उहाँको संस्मरण जीवन वृत्तान्त समेटिएको यस पुस्तक नेपालको बुद्धधर्मको इतिहासमा रुची राख्ने सबैका लागि छुटाउनै नहुने कृति हो जस्तो मलाई लाग्छ ।

भिक्षु कुमार काश्यप
अध्यक्ष अखिल नेपाल भिक्षु महासंघ

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon