Best Seller

Kathastha – Indra Bahadur Rai

कथास्था– इनद्रबहादुर राई

  • Year: 2082 BS
  • Edition: 1
  • 114 pages
  • Paperback

399

Availability: 2 in stock

इन्द्रबहादुर राई आधुनिककालीन नेपाली साहित्यका अनन्य बौद्धिक स्रष्टा साथै द्रष्टा मानिन्छन् भने कथास्था उनको अन्यतम बौद्धिक कृति हो – कथा तथा वैचारिक-सैद्धान्तिक दृष्टिसहितको । कथास्था- कथालाई लिएर विपना कतिपयभन्दा अगाडिको निक्खर प्रायोगिक यात्रा हो इन्द्रबहादुर राईको । यस हिसाबले आधुनिक नेपाली कथा – साहित्यको नितान्त नौलो अनि भिन्न भङ्गिमाको कृति हो भन्न सकिन्छ कथास्थालाई । कथास्थामा आइपुग्दा आधुनिक चित्रकला-मूर्तिकला – स्थापत्य – नृतत्त्व – नृत्य र सङ्गीत आदिका अनेक सिद्धान्त अँगालेर अमूर्त, जटिल, क्लिष्ट साथै कथाविहीन अकथामा रूपान्तरित भई नेपाली कथा विधा वैश्विक वर्णको बन्न तरखरिएको पाउँछौं ।
सन् १९६३ पछि इन्द्रबहादुर राईको लेखनयात्रा मोडिन्छ ‘तेस्रो आयाम साहित्यिक आन्दोलनको नौलो लक्ष्य, नवीन वैचारिकी बोकेर – आधुनिक नेपाली साहित्यले त्यसपूर्व अँगाली आएका पारम्परिक शिल्प, युक्ति, प्रवृत्ति- पद्धतिका रुढिहरूलाई विसर्जन गरी लम्बाई-चौडाइ साथै गहिऱ्याइसमेत भएको आधुनिकतम मूल्यसहितको नयाँ नेपाली साहित्य लेखिनुपर्ने आग्रह उद्घोष गर्दै । कथास्थाभित्र नौ थान कथा र चार थान तेस्रो आयामेली सैद्वातिक पृष्ठभूमिको उत्खनन् गरिएका वैचारिक विवेचना समाविष्ट छन् नेपाली साहित्यको एउटा कालखण्डमा धेरैको कुतूहल तथा उत्सुकताको विषय बनेको इन्द्रबहादुर राई, ईश्वरवल्लभ र वैरागी काइँलाद्वारा प्रतिपादित तेस्रो आयाम आन्दोलनबारे बुझ्न चाहनेहरूका निम्ति कथास्था उपयोगी मात्र नभई अति आवश्यक कृति हो

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon