Karodau Suryaharuko Andhakar – Avinash Shrestha

करोडौं सूर्यहरूको अन्धकार– अविनाश श्रेष्ठ

360

Availability: 3 in stock

SKU: Karodau Suryaharuko Andhakar Categories: , Tags: ,

मेरा मित्र अविनाश श्रेष्ठ सघन चेतनाका कवि हुन् । यस अन्तर्गत पर्यावरण चेतनाको कवितासङ्ग्रह करोडौँ सूर्यहरूको अन्धकार उनको उत्कृष्ट कविता कृति हो । यसमा उनले पर्याकविताको क्षेत्रमा नवीन प्रयोग गरेका छन् । यहाँ एउटा कुरा नभनी नहुने के हो भने उनको पर्यावरणीय चेतनामा जीवित मनिससँगै जीवित प्रकृति र जीवन्त परिस्थितिकीको पनि उपस्थिति रहेको छ । र यही कवि अविनाशको काव्यिक विशेषता हो । बधाई मित्र !
विमल निभा
नेपाली पर्यावरण-कविता सिर्जनामा कवि अविनाश श्रेष्ठ एकजना मेधावी आद्यप्रयोक्ता तथा मौलिक अविष्कारक हुन् । विक्रम संवत् २०४० को दशकको शुरूशुरूतिरै वा भनौँ चालीसको दशकको सेरोफेरोमा उनी एक्लैले यो काव्यिक जोखिम मोलेका थिए । त्यसको लगभग डेढ दशकपछि मात्र पर्यावरणीय चेतनामा अरू स्रष्टा र अभियानहरू थपिन आइपुगेका हुन् । तसर्थ मानव-सभ्यता र प्रकृतिबीचको द्वन्द्वमा कवि अविनाश श्रेष्ठको काव्यिक हस्तक्षेप र सरोकार ज्यादै महत्त्वपूर्ण रहेको छ भन्नुमा कुनै अतिरञ्जना हुँदैन ।
नारायण ढकाल
कवि अविनाश श्रेष्ठको करोडौँ सूर्यहरूको अन्धकार कवितासङ्कलनको प्रस्तुत दोस्रो संस्करणका यी कविताहरू – नेपाली साहित्यमा आएको पर्यावरणीय चिन्ता, चिन्तन, सरोकार र हस्तक्षेपका नयाँ र अग्रणी सिर्जनका रूपमा चर्चाको केन्द्रमा आएका हुन्। यस सङ्कलनको प्रकाशन (ई. २००३) भन्दा दुई दशकअघिदेखि नै पर्यावरणीय सरोकारलाई सचेत रूपमा आफ्ना कविताको केन्द्रीय विषय बनाउने | नेपाली भाषा-साहित्यको पहिलो प्रतिबद्ध कविका रूपमा उनको ख्याति रहेको छ। मौलिक शैली, भाषिक संरचनाको नव्यता, पृथक् कथ्य, कल्पना र संवेदनाका विविधतासहित कवि अविनाश श्रेष्ठका कविताको व्याप्ति आफ्नो समय र भयावह पर्यावरणीय सङ्कटसँग संवाद गर्न सक्षम साथै अग्रगामी रहेको छ ।
पुरुषोत्तम सुवेदी
आदिवासी कल्पनाकै अत्याधुनिक अवतार
अविनाश श्रेष्ठको कविता हो ।
जहाँ उपेक्षित आदिवासी शिल्पदर्शनको पुनर्स्थापना छ – प्रकृतिको कुटुम्बीय आइडियोलोजीमा । यत्ति भनेर पनि मैले जे भनिनँ, त्यही सुन्नू … भन्ला जस्तो अविनाशका जाँबाज कविताहरु नभनेका ईलाकामा आएर केही कुरा भन्छन् । पर्यावरणीय चैतन्यको खुँडा जगाउछन् । उनी कविता नै गरिरहेका हुनछन् । शिल्पपक्षलाई मर्न नदिई कविता गर्दछन् । नित्य नयाँ अभिव्यक्ति उनका कविता । नेपाली भाषामा लेखिएका अविनाशका इको कविताहरुमा वैश्विक अपील छ । यी कविता भौगोलिक सीमा तोडेर पृथ्वीभरी कुदछन् ।
राजा पुनियानी
Karodau Suryaharuko Andhakar – Abinash Shrestha

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon