भर्खरै मात्र देखा परेका। कविता र समालोचना। दुई फाँटमा यी चम्किला व्यक्तित्वको सिरियस चहलपहल छ अहिले । समालोचनामा तिक्खर अनबायस्ड हस्तक्षेपको बाटो कोरिरहेका छन्। यता कवितामा चाहिँ पाकेका, पोसिला र पट्टा बिम्बहरू बोकेर आएका छन्। यसो झट्ट हेर्दा र सुन्दा यिनको कविताको फर्मा अलि पुरानो र निरस पनि लाग्ने हो। अलि नजिकिएर हेर्दा र सुन्दाचाहिँ यिनको कविताले सालौँ साल लगाएर किन्वन गरिएको रक्सीले झैं भित्रैबाट मताउन थाल्ने हो रहेछ । यिनी भान्साघरबाट, गाउँबाट, बस्तीबाट, कान्लाबाट, गोरेटोबाट, सिमसारबाट, कुइनेटोबाट, अम्लिसोघारीबाट, आरनबाट, उत्तीसघारीबाट, फलैंचाबाट, आलुबारीबाट क्षेत्रीय प्रतीक टिप्छन्। अर्ग्यानिक कोखबाट सिर्जित यिनको बिम्ब-विधानले यिनको कविताको ‘महाकोख’ बनाउँदछ। ‘माइक्रो-न्याराटिभ’ कथ्न र कहन खोजिरहने यिनको बौद्धिक कविताको ‘मेगा-कन्स्ट्रक्ट’ सहजै पच्दैन। वैश्विक चेतनाको आलोकमा हुर्केको बाक्लो विचारले टम्म भरिएको हुन्छ यिनको कविता। यिनको कविताले किनारिएको क्षेत्रीय ‘कुना’-बाट विकीर्ण हुँदै लथालिङ्ग, कोल्टे र अव्यवस्थित सिस्टममा हस्तक्षेप गर्छ। दार्जीलिङलाई होलिस्टिकल्ली छिचोल्नु हो भने प्रणय शङ्कर अबको कवितामा नपढ़ी नहुने कवि भए।
Kansbhada – Pranaya Shankar
Kansbhada – Pranaya Shankar
काँसभाँडा– प्रणय शङ्कर
₨400
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet