Kaligandakika Kinaar – Shobhakant Gaudel

कालीगण्डकीका किनार

  • Year: 2082 BS
  • Edition: 1
  • 180 pages
  • Paperback

425

Availability: 5 in stock

SKU: Kaligandakika Kinaar Categories: , Tag:

अहिलेको नेपालको ग्रामीण पहाडी भेगको कथा बढ्दो बसाइँ सराइँ, घट्दै गरेको जनसङ्ख्या, उजाडिँदै गरेका गाउँ-घर, बाँझिदै गरेका खेत-बारी, ओरालो लाग्दै गरेको कृषिकर्म, आकर्षण हराउँदै गरेका चाड-पर्व, मौलिकता गुमाउँदै गरेको सांस्कृतिक परिवेश, अनियोजित सडक पूर्वाधारको विस्तारले निम्त्याएको वातावरणीय ह्रास, जलवायु परिवर्तनले गर्दा बढ्दो प्राकृतिक प्रकोप र हिमाली आभा मलीन हुँदै गरेका हिमाली चुचुराको कथा हो । यो सँगालोमा सङ्ग्रहित शोभाकान्त गौडेलका छोटा निबन्धहरूले यिनै विषयहरूको सेरोफेरो समेट्छन् । यी निबन्धमा गौडेल आफू हुर्केको, बढेको प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक परिवेशको महिमागान मात्र गर्दैनन्, नयाँ पुस्ताका लागि हराउँदै गरेको मूर्त र अमूर्त सम्पदाको महत्त्व र त्यसमा सन्निहित मौलिकता र आफ्नोपनको मर्मस्पर्शी वर्णनसमेत गर्छन् । अहिले चैते दसैंको बागलुङ बजारमा विगतको रौनक र सांस्कृतिक अर्थ छैन । वर-पिपलका चौतारी तिनको महत्तासहित लोपोन्मुख छन् । पसिना पुछ्दै कार्कीनेटाको उकालो चढेकाहरूले भोगेको आँधीखोलाको जीवन्तताको स्पन्दन इतिहास भइसक्यो । विगतको दसैंको सौहार्द र आफ्नोपन अब मोबाइल फोनको भलाकुसारीमै सीमित छ । असारको पन्ध्र अब पराई औपचारिकतामा खुम्चिन लागिसक्यो । विकासपरक लेखहरूभन्दा यस्तै निजात्मक निबन्धहरूमा लेखक बढी खुलेका छन् ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon