सुदूरपश्चिम प्रदेशको महाकाली, सेती र कर्णाली प्रदेशको समग्र सांस्कृतिक लोकभूमिलाई काली-कर्णाली क्षेत्र भन्ने गरिन्छ । यो क्षेत्र लोकसाहित्य तथा संस्कृतिमा अति उर्वर भूमिका रूपमा परिचित छ । यहाँको लोकसाहित्य तथा संस्कृतिको भण्डार कहिल्यै नरित्तिने महासागरजस्तै विराट् र अनुपम छ ।
यस क्षेत्रका जनजीवनको अमूल्य निधिका रूपमा रहेका सगुन, फाग, माँगल, चैत, धमारी, होरी, रनपुतला, न्याउल्या, हुड्केली, भारीखेल, सवाई, छलिया, झुराउनी, लोकमन्त्र, डाडझङ्कार, पडेली, जिउनापुरी, बात, बाह्रमासा, भजन, जिउँती, गवलागीत, राङवाङगीत, सखिया, रानाहोरी, कसम, उखान, टुक्का आदि लोकसाहित्य र संस्कृतिका विपुल सम्पत्ति हुन् |
हजारौं वर्षदेखि लोकअनुगुञ्जका राग-विरागहरू श्रुति परम्पराबाट आजको प्रविधिसापेक्ष दिनदुनियासम्म आइपुग्दा स्मृति-विस्मृतिका दोसाँधमा रहेका यी अनमोल रत्नहरूलाई लामो खोजअनुसन्धानबाट उत्खनन तथा प्राग्रूप सामग्रीहरू एकत्रित गरी अध्येता एवम् लोक-संस्कृतिविद् यज्ञराज उपाध्यायद्वारा लेखिएको विशद ग्रन्थ हो- काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति ।
Kali Karnaliko Loksahitya Tatha Sanskriti – Yagyara Upadhyaya

Reviews
There are no reviews yet