लेखक परिचय
लेखकको जन्म वि.सं. २०१३ सालको फागु पूर्णिमामा भएको हो । उनको जन्मस्थान कञ्चनपुर जिल्लाको बेलौरी हो । उनका बुवा कमलबहादुर तथा आमा धनदेवी गिरी हुन् । गौर-५, रौतहट स्थायी बासिन्दा शीतल हाल मध्यपुर थिमि नगरपालिका, वडा नं. ८, बोडे, प्लानिङ (भक्तपुर) मा बसोबास गर्छन् । उनका प्रकाशित कृतिहरूमा “महाकाली ” (कवितासङ्ग्रह), “पत्रमित्रता युगको आवश्यकता” (निबन्धसङ्ग्रह), “प्रसङ्गवश” (निबन्धसङ्ग्रह), “बज्जि र बज्जिका” (लोकवार्ता), “तपोधन”
शीतल गिरी
(उपन्यास), “जीवाश्म” (निबन्धसङ्ग्रह), “तथापि … ” (निबन्धसङ्ग्रह) र “साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म” (सहलेखन, डा. भक्त राई), आरम्भ (निबन्धसङ्ग्रह) जस्ता कृतिहरू रहेका छन् ।
….यो. ‘कैवल्य’ का विविध रूप, रङ्ग, पात्रपात्रा, नायक, उपनायक, स्थान, कर्मले भरिएको छ । विभिन्न कथा, उपकथा जोडिएका छन् । यो ज्यादै रोचक र पठनीय छ । यसभित्र औपन्यासिक लेखनबाट बुद्धका विषयमा जान्न पाइन्छ । कपिलवस्तु-लुम्बिनीका शाक्य-कोलीय राजपरिवार-राज्यभित्रबाट उठान भएको कथामा कपिलवस्तुका नरनारी भरिभराउ छन् । भद्रकान्ता, भद्रा, कात्यायनी, भद्रकृत्य, विम्बसार, यशोधा, तिलोत्तमा, धर्मकीर्ति, चन्द्र, स्वाधी, रीतादेवी, देवनाग, सुम्निमा, नागसेन, पौलवी, कमल, रजनीकान्त, जितेदास्ती, निनाम्ना, मानकान्त, गालव, सदाशिव, सत्काम, कौशल, प्रहस्त, कल्पना, उपगुप्त, चारुमती, अशोक, अम्बपाली, सुजाता, कश्यप, भाद्दिक, पूर्णा, कालउदायी, अनूरुद्र, सिरिया, अजातशत्रु, प्रसेनजित, वासभ, अंगुलीमाल, पूर्णजीत, सुबाहु, गवांपति, यश, सयौं उच्च घरानिया नरनारी, राजामहाराजा, सर्वसाधरण समेतको समर्थन-विरोधपछि फेरि तथागतीय शरणागत-जस्ता पक्ष, विषय जोडेर यो कृति तयार पारिएको छ । डा. तुलसी भट्टराई
Kaiwalya – Shital Giri
कैवल्य– शीतल गिरी
- Year: 2082 BS
- Edition: 1
- 359 pages
- Paperback
₨695
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet