Junge Simakhambako Ganti – Buddhi Narayan Shrestha

जङगे सीमाखम्बाको गन्ती– बुद्धिनारायण श्रेष्ठ

775

Availability: 5 in stock

SKU: Junge Simakhambako Ganti Categories: , Tag:

नेपाली भाषा, साहित्यको श्रीवृद्धिको लागि गरिने सबै कार्यमा आफ्नो उपस्थिति जनाउने अभिप्रायले हाम्रो संस्थाको जन्म भएको हो । अनुभवको भण्डारले भरिएका अग्रज पुस्ता, प्रतिभाका खानी तर मुखरित हुन नसकेका विविध विषयका ज्ञाताको जीवनी, बहुमूल्य पाण्डुलिपीहरूको प्रकाशन, बजारीकरण, सिर्जनात्मक लेखनको अभ्यास आदि विषयमा योगदान पुऱ्याउने हाम्रो उद्देश्य रहेको छ ।
यसपल्ट नेपालका सिमानाका ज्ञाता, व्याख्याता स्वयम् लेखक र मदन पुरस्कार विजेता (२०५७) विद्वानको ऐतिहासिक कृतिलाई पाठक समक्ष ल्याएका छौं । उहाँको भाषा त्यसै पनि सरस, सरल र मिठो छ । झन् जङ्गे सीमाको कथा व्यथाको वर्णनले सबैलाई मोहित र रोमाञ्चित बनाउँछ । उहाँका केही प्रकाशित महत्त्वपूर्ण लेख र रचनाहरूलाई पनि कृति भित्र समेटेका छौं ।
साहित्यकार हरि भण्डारीले आफ्नो अमूल्य समय दिएर सम्पादनको अभिभारा पूरा गरिदिनुभएको छ । उहाँ आफैँ पनि परिचित कवि, कथाकार र समीक्षक हुनुहुन्छ । यस्तो महत्त्वपूर्ण कृति प्रकाशन गर्न दिने विद्वान लेखक र सम्पादकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
Junge Simakhambako Ganti – Buddhi Narayan Shrestha

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Simanako Gyan
    Remove
    Shop Ratna Online
    Right Menu Icon