Jigamisha – Krishnamurari Dhungel

जिगमिषा– कृष्णमुरारि ढुङ्गेल

475

Availability: 5 in stock

कृष्णमुरारि ढुङ्गेल
कृष्णमुरारि ढुङ्गेलका दुई यात्रा-पुस्तकले प्रमाणित गरेका छन्, उनी अब एक सिद्धहस्त यात्रा – लेखक हुन् । उनको नवीन यात्राकथा निकै रोचक छ । लेखक, मिश्रजी र उनका परिवार स्वयम् पनि यस कथाका पात्रजस्ता भएका छन् जुन प्रभावकारी छ। यात्राकथा यात्रा दैनिकीजस्तो पनि छ। यस कथामा यात्राप्रति लेखकहरूको उत्सुकता, ठाउँ हेर्ने रहर र ठाउँको इतिहास जान्ने रहर अनि यो सबको रोचक प्रस्तुति छ । लेखकको शैली सरल र मौलिक छ । ठाउँठाउँमा भेटिने पात्रहरू मार्मिक पनि छन् । यो मार्मिकता र रोचकता पाठकका लागि अत्यन्त ग्राह्य र जानकारीमूलक छ। पढेपछि छाड्न मन नलाग्ने पुस्तक छ । यात्रीहरूका बीचमा कहिल्यै असहमति आउन पाउँदैन । यो पुस्तकको एक सकारात्मक पक्ष हो । मेरो शुभकामना छ, यो टोली यात्रा गर्दै जाओस् विचित्र ठाउँको र पाठकले नयाँनयाँ यात्रा लेखनको स्वाद पाउँदै जाउन् ।

• ध्रुवचन्द्र गौतम कृष्णमुरारि ढुङ्गेल, यो नाम हो एक जना बहुमुखी प्रतिभाका धनी व्यक्तित्वको । उनी जति सशक्त अभिनेता हुन् त्यति नै तीक्ष्ण मेधा भएका चलचित्र निर्देशक पनि । उनी नृत्यमा पनि उत्तिकै निपुण रहेको देखेको छु भने मिमिक्री र क्यारिकेचरको कलामा पनि पारङ्गत पाएको छु मैले उनलाई । साहित्यलेखनमा पनि कोहीभन्दा उनी कम छैनन् । शुरूदेखि नै उनी गीत रच्थे, कविता सिर्जन्थे । केही वर्षयता उनी यात्रावृत्तान्त-लेखनमा गम्भीरतापूर्वक होमिएका छन् । अहिले हातमा रहेको यो यात्रा-वृत्तान्त पढेपछि थाहा लाग्छ – यस विधामा पनि उनको प्रस्तुति लोभलाग्दो छ, अब्बल छ ।
अविनाश श्रेष्ठ
कृष्णमुरारिजीका योसमेत दुई यात्राकृति प्रकाशित भइसकेका छन्। उनको व्यक्तित्वको सरलता उनको लेखनमा पनि देखिन्छ । आफूले घुमेका विश्वका अलग-अलग ठाउँको वर्णन गर्दा उनी सिद्धहस्त लेखकझैँझैँ लाग्छन्। विषयको सहजता, भाषाको सुस्वादु सरलता र प्रस्तुतिको रोचकताले उनको यस कृतिलाई पठनीय बनाएको छ । परिवेशको चित्रणमा उनी अब्बल लाग्छन् । – नयनराज पाण्डे
Jigamisha – Krishanmurari Dhungel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon