Jhyalincha – Suchan

झ्यालिन्चा– सुचन

400

Availability: 5 in stock

SKU: Jhyalincha Categories: , Tag:

सुचनले सूचित गर्न खोजिरहेको एउटा आधा-अधुरो संसार छ। लगभग हाम्रै संसार-जस्तो। ‘हाइपर- रियालिटी’-जस्तो पनि। झण्डै झण्डै कोमामा गइसकेको भोलाटाइल-बजार/उग्र-सभ्यताको ओभरडोज- उल्टी/रनभुल्ल मान्छेको मेटामर्फोसाइज्ड-अनुहार / सुचनको कविताग्राफीमा कोरिएका केही मिथजस्तै लाग्ने सत्य-रेखाहरू : सत्यजस्तै लाग्ने मिथ-धर्का हुन् यीहरू । कविताको दक्ष कोरियोग्राफीमा सुचन वर्तमान मान्छेको भावी जोखाना हेर्छन। फलाफल बेठीक छ। यी र यस्तै बिसेक परेको खबरदारी हो सुचनको कविता-कन्टेन्ट। निर्दिष्ट कालबोधी दार्शनिकता, धारिलो राजनैतिक चेतना, गहिरो मानवीय संवेदनाको पृष्ठभूमिमा जेनिफाइड सुचन ढकढकाइरहेका छन् भित्रबाट बन्द स्वयं-कैदी मानिसको धराशायी दैलो। नेपाली कवितामा एउटा नयाँ हस्तक्षेप हो यिनको कविता। परम्पराबाट विचलित शिल्प र विचारको होशियार समावेशमा नयाँ आयामतिर सङ्क्रमण उभिन्छ सुचनको कविता। किनार परेको भुइँमान्छेको आवाज भिरेर। यिनको कविता मोनोटोनस कविता-भीडमा नयाँ कविताको सङ्केत पनि हुनसक्छ। पाठकले स्वयं अनुभव गर्ने कुरो भइदियो यो।
Jhyalincha – Suchan

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon