Jeff Bezos Gyarejdekhi Antarikshsamma – Sagar Chanda

जेफ बेजोस (ग्यारेजदेखि अन्तरिक्षसम्म)– सागर चन्द

399

Availability: 5 in stock

SKU: Jeff Bezos Gyarejdekhi Antarikshsamma Categories: , Tag:

१९६४ मा न्यू मेक्सिकोमा जन्मिएका जेफ बेजोसले बाल्यकालमै आमाबुबाको साथ गुमाए । प्रिन्सटन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेपछि वाल स्ट्रिटको जागिरे भए । इन्टरनेटको बढ्दो संसार देखेर उनले जागिर छाडेर सन् १९९४ मा अमेजन स्थापना गरे । घरको ग्यारेजबाट सुरू भएको अमेजन आज विश्वकै सबैभन्दा ठूलो ई-कमर्स प्लेटफर्म बनेको छ । किताब बेचेर सुरू भएको अमेजनमा आज नुनदेखि सुनसम्म पाईन्छ । बेजोस ई-कमर्स मात्र रोकिएनन् । सन् २००७ देखि बेजोसले क्लाउड कम्प्युटिङका लागि अमेजन वेव सर्भिस, पढ्नका लागि किन्डल, अमेजन प्राईम जस्ता भिडियो स्ट्रिम प्लेटफर्म पनि सुरू गरे ।
जेफ बेजोसको सफलता कथा केवल व्यवसायिक सफलताको उदाहरण मात्र होइन यो नवप्रवर्तन, दृढता र ग्राहक केन्द्रित सोचको प्रतीक हो । हरेक परिवर्तनर्लाइ अवसरका रूपमा लिनुपर्छ भनेर उनको जीवनले सिकाउँछ । ग्यारेजबाट एउटा अनलाइन बुकस्टोरका रूपमा अमेजन सुरू गरेका जेफ बेजोस आज अन्तरिक्षमा पनि प्रतिस्पर्धामा छन् । ब्लू ओरिजिन नामक अन्तरिक्ष कम्पनी स्थापना गरेर उनले अन्तरिक्ष पर्यटनको भविष्यप्रति आफ्नो रूचि देखाए । उनले शिक्षा, जलवायु परिवर्तन, र मानव कल्याणका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका छन् । जेफ बेजोसको सफलता प्रतिबद्धता, अठोट, र नयाँ दृष्टिकोणको नतिजा हो, जसले उनलाई एक साधारण उद्यमीबाट विश्वव्यापी आइकन बनायो ।
Jeff Bezos Gyarejdekhi Antarikshsamma – Sagar Chanda

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon