| बवाल बालिका बालिकाको बारेमा एकै शब्दमा भन्नु पर्दा उनी मलाई ‘बवाल’ लाग्छ । तर यो पुस्तक सम्पादन गर्ने क्रममा उनीसंग निकै ‘सवाल’ गर्नु पर्यो । पुस्तक पढ्दा पाठकले स्वतः छुट्याउन सक्छन् कि उनी अरूभन्दा फरक महिला हुन् । बाहिरी दुनियाँसंग मात्रै होइन, आफ्नै परिवारमा कठिनभन्दा कठिन परीक्षामा खरो उत्रिएकी उनको जीवन भोगाइबाट खास गरी धेरै ‘छोरी’ मान्छेले जीवन जिउने कला सिक्न सक्छन्, आँटिलो भएर अघि बढ्न सक्छन् । गोरेटोमा जतिसुकै काँडा बिच्छ्याइए पनि तिनलाई पन्छाउँदै बालिका सफलताको शिखर उक्लिएकी छिन् । जीवनमा सरल रेखा हिँड्नेहरू त तमाम हुन्छन् । तर जीवनका बक्र रेखाहरुमा हिँडेर गन्तव्यमा पुग्न सक्ने बालिका जस्ता थोरै हिम्मतिला हुन्छन् । थारू समुदायमा महिला लेखिकाहरूको खडेरी परेको बेला उनको यो पुस्तकले सञ्जिवनीको काम गर्नेछ भन्ने मेरो ठहर छ । कृष्णराज सर्वहारी साहित्यकार/पत्रकार खुलदुलीमुलक जीवनयात्रा जीवनमा मैले सयौलाई मार्गनिर्देशन गरेको छु, हजारौलाई मानव अधिकार, सामाजिक न्याय, नेतृत्व विकास, संस्कृति, साहित्य कलाका विषयमा सहजकीरण गरेको छु, अथवा भनौं मलाई फलो गर्ने धेरै युवाहरू सफल छन् । त्यसमध्ये लेखिका बालिका अव्वल श्रेणीकी मध्येकी एक हुन् जस्तो लाग्छ । मेरी चेली हुनुमा मलाई गर्व छ । |
Jeewanka Bakra Rekhaharu – Balika Chaudhari

Reviews
There are no reviews yet