Hidiyaka Pailaharu – Punyaprasad Naupane

हिँडिएका पाइलाहारु – पुण्यप्रसाद न्यौपाने

450

Availability: 5 in stock

SKU: Hidiyaka Pailaharu - Punyaprasad Naupane Categories: , Tag:

काठमाडौंको उत्तर-पूर्वी जिल्ला सिन्धुपाल्चोकको एउटा सामान्य परिवारमा जन्मनु भएका पुण्यप्रसाद न्यौपाने नेपाल सरकारको सचिव पदबाट अवकाश प्राप्त व्यक्तित्व हुनुहुन्छ ।
शिक्षाप्रति हुरूक्क हुने परिवारमा हुर्केर आफ्ना बुवाजस्तै आदर्श शिक्षक बन्ने रहर पाले पनि पुण्यप्रसाद न्यौपाने कालान्तरमा निजामती सेवामा जम्नु भयो । ।
निजामती सेवामा रहँदा नेपालका दुर्गम जिल्लामा शून्यबाट कार्यालय स्थापना गर्दै सेवा विस्तारमा सक्रिय रहनु भयो । अध्ययनशीलता, कामप्रतिको निष्ठा, परिणाममुखी सक्रियता र समन्वयकारी स्वभाव तथा नेतृत्वकलाका कारण उहाँ नेपाल सरकारको सचिवसम्म हुनुभयो । सचिव पदबाट अवकाश लिएपछि पनि नेपाल सरकारले उहाँको क्षमता र आवश्यकता महसुस गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)लाई सुधार्न प्रमुख कार्यकारी चयन गर्यो ।
धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्वीकार्दै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विद्यालयको प्रधानअध्यापक हुँदाका अनुभवसँगै जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन् पलहरूलाई विविध आयाममा पस्कनु भएको छ । उहाँको क्षमताकै कारण नेपाल सरकारबाट पटक पटक विभिन्न मानपदविबाट विभूषित उहाँको यो पहिलो गैरआख्यान कृति हो ।

Hidiyaka Pailaharu – Punyaprasad Naupane

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Truly Madly Guilty
    Remove
    A Man Called Ove
    A Man Called Ove - Fredrik Backman
    Qty: 1
    Price: 640
    Remove
    Filingo
    Filingo - Prava Baral
    Qty: 1
    Price: 550
    Remove
    The Road To Nowhere
    Remove
    Shop Ratna Online
    Right Menu Icon